लिम्पियाधुरासम्मको भूमि नेपालको हो, भारतले तथ्य स्वीकार्नुपर्छ : अभिनेता हमाल | Khabarhub Khabarhub

लिम्पियाधुरासम्मको भूमि नेपालको हो, भारतले तथ्य स्वीकार्नुपर्छ : अभिनेता हमाल


९ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अभिनेता राजेश हमालले लिम्पियाधुरा र लिपुलेक नेपालको भूभाग भएको बताउँदै भारतले यस तथ्यलाई स्वीकार्नुपर्ने बताएका छन्।

आफ्नो फेसबुक पेजमा एक भिडियो सन्देश सार्वजनिक गर्दै हमालले भारतले लिम्पियाधुरा र लिपुलेक आफ्नो भएको दाबी गरेका हुन् ।

हमाल भन्छन्,‘लिम्पियाधुरा र लिपुलेक नेपालको भूभाग हो। नेपालसँग यसको पुरा प्रमाण छ। हामी नेपाली बिनम्रताका साथ अनुरोध गर्छौ कि भारतले तथ्य स्वीकार्नुपर्छ। भारतले तथ्य र तथ्यांकलाई राम्रोसँग हेर्नुपर्छ।’

नेपाली भूमि लिपुलेक क्षेत्रमा भारतले नेपालको अनुमति बिनै सडक बनाएपछि सीमा विवादले उत्कर्ष रुप लिएको छ। नेपालीहरुले भारतको कडा विरोध गरिरहेको समयमा हमालको पछिल्लो भनाइ आएको हो।

नेपालले बुधबारम मात्र लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितका भूभाग समेटेर नक्सा सार्वजनिक गरिसकेको छ। भारतले भने नेपालको नयाँ नक्सा अमान्य भएको प्रतिक्रिया जनाएको छ। भारतले एकतर्फी कुटनीतिक छलफल बिनै नेपालले एकतर्फी नक्सा जारी गरेको आरोप लगाएको छ।

सत्य र तथ्यलाई नमानेर भारतले निरन्तर सीमा विवाद झिकेको हमालको आरोप छ।

प्रकाशित मिति : ९ जेठ २०७७, शुक्रबार  १० : ५० बजे

जबरजस्ती करणी अभियोगमा एक जना पक्राउ

झापा– १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा झापाको बुद्धशान्ति

हराएका २४ मोटरसाइकल सवारी धनीलाई हस्तान्तरण

काठमाडौं– विभिन्न मितिमा हराएका २४ दुईपाङ्ग्रे सवारी साधन खोजी गरी

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २१० रनको लक्ष्य

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको चौथो खेलमा नेपाललाई जितका

‘कसम, राम्रो छ- मनसरा ?’

काठमाडौं– झुटो बोल्यो कि साँचो भनेर पत्ता लगाउन हाम्रो सामाजमा

चीनमा सडक दुर्घटना : उद्धार र सुरक्षा सुधार गर्न राष्ट्रपति सिको निर्देशन

बेइजिङ– चिनियाँ राष्ट्रपति सि जिनपिङले दक्षिणी चीनको गुआङडोङ प्रान्तमा एक्सप्रेसवे