काभ्रेका अधिकांश क्वारेन्टिन रित्तिए « Khabarhub

काभ्रेका अधिकांश क्वारेन्टिन रित्तिए


९ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे- विश्वभर कोरोना भाइरसको जोखिम बढ्दै गएपछि काभ्रेपलाञ्चोकमा गत चैतदेखि व्यवस्थित गरिएका अधिकांश क्वारेन्टिन हाल रित्तो अवस्थामा छन् । चार स्थानमा रहेका क्वारेन्टिनमा हाल १२ जनाको उपचार हुँदै थप परीक्षणको तयारी भइरहेको जनाइएको छ ।

धुलिखेल अस्पतालमा चार जनाको आइसोलेशनमा उपचार भइरहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला कमाण्ड पोष्टले जनाएको छ । हालसम्म जिल्लास्थित स्थानीय तहलगायत विभिन्न स्थानका क्वारेन्टिनमा ३४२ श्यया (बेड) व्यवस्थित गरिएको हो ।

धुलिखेल नगरपालिकामा ६५, बनेपामा ५०, पनौतीमा १०, नमोबुद्धमा १८, पाँचखालमा ११ श्यया तथा रोशी गाउँपालिकामा १०, महाभारतमा ३५, मण्डनदेउपुर नगरपालिकामा १५, चौँरीदेउराली गाउँपालिकामा १५, भुम्लुमा ३०, बेथानचोकमा १०, तेमालमा छ र खानीखोलामा १५ तथा धुलिखेल अस्पतालमा कार्यरत कर्मचारी प्रयोजनका लागि ५२ श्ययाको क्वारेन्टिन व्यवस्थित गरिएको छ । सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यले काभ्रेपलाञ्चोकका १३ स्थानीय तहले एकएक क्वारेन्टिन व्यवस्थित गरेका छन् ।

धुलिखेल अस्पतालमा आठ, बनेपास्थित शिर मेमोरियल अस्पतालमा पाँच र बनेपास्थित नेपाल रेडक्रस सोसाइटीमा पाँच श्ययाको आइसोलेसन वार्ड छन् । पोष्टका सदस्य एवं स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले पाँचखाल नगरस्थित क्वारेन्टिनमा दुई, बनेपास्थित शिर मेमोरियल अस्पतालमा एक, चौँरीदेउराली गाउँपालिकामा सात र नमोबुद्ध नगरस्थित क्वारेन्टिनमा दुईको उपचार भइरहेको जानकारी दिनुभयो । अन्य केही क्वारेन्टिनमा बसेकाहरुको दोस्रो परीक्षण तथा क्वारेन्टिन बसाइको समयावधि सकिएपछि घर फर्किएका हुन् ।

झाका अनुसार प्रारम्भिक परीक्षण आरडिटीमा पोजेटिभ देखिएकालाई क्वारेन्टिनमा राखेर उपचार गरी पिसिआर परीक्षण गर्ने गरिएको छ । हालसम्म आरडिटी गरी पोजेटिभ देखिएकामा पिसीआर गर्दा सबैको नेगेटिभ रिपोर्ट आएको पोष्टले जनाएको छ । पोष्टका अनुसार हालसम्म विदेशबाट काभ्रेपलाञ्चोक घर फर्किएकासमेत गरी एक हजार ३३५ जनाको आरडिटी भइसकेको छ भने १७२ को पिसिआर प्रविधिबाट कोरोना भाइरस परीक्षण भएको छ ।

जिल्लाका नागरिकमा सङ्क्रमण तथा प्रारम्भिक परीक्षणमा कोरोना सङ्क्रमण देखिए पनि दोस्रो परीक्षणमा नदेखिँदै क्वारेन्टिनबाट घर फर्कनु राम्रो अवस्था रहेको जिल्ला सङ्कट व्यवस्थापन केन्द्र संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताए ।

उनका अनुसार गत हप्ता कोरोना भाइरसका कारण धुलिखेल अस्पतालमा एक सुत्केरीको मृत्यु भएपछि काभ्रेपलाञ्चोकमा परीक्षणको दायरा फराकिलो बनाइएको तथा जिल्लामा स्वास्थ्य सुरक्षामा उच्च सतर्कता अपनाइएको छ ।

प्रकाशित मिति : ९ जेठ २०७७, शुक्रबार  ११ : ३६ बजे

बागमतीमा नयाँ सरकारका लागि छलफलमा दलहरू

बागमती– बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूले छलफललाई तीव्र

पाँच सडकखण्ड अवरुद्ध, प्रहरीले भन्यो- अवस्था बुझेर मात्र यात्रा गर्नू

काठमाडौं– मुलुकका पाँच सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् ।

सैनिक अधिकृतलाई राजुनाथको हप्की-दप्की : प्रधानसेनापतिले प्रधानमन्त्रीसँग राखे असन्तुष्टि

काठमाडौं- काठमाडौंको गोकर्ण क्षेत्रमा २० औँ वर्षदेखि अड्किएको करिडोर विस्तारका

सुनसरी लगायतका घटनाको निष्पक्ष अनुसन्धान गर्न कांग्रेसको माग

काठमाडौं– नेपाली कांग्रेसले सुनसरी लगायतका स्थानमा भएका घटनाको निष्पक्ष अनुसन्धान

सुनकोशीमा बेपत्ता यात्रु र कारको खोजी कार्य जारी

काठमाडौं– मध्यपहाडी लोकमार्गबाट लोकमार्गअन्तर्गत सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–२ नवलपुर नजिक सुनकोशी