भारतमा अलपत्र नेपालीको उद्धार गर्न प्रगतिशील नेपाली समाजले ल्यायो अनलाइन फारम « Khabarhub

भारतमा अलपत्र नेपालीको उद्धार गर्न प्रगतिशील नेपाली समाजले ल्यायो अनलाइन फारम


९ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतमा हजारौंको संख्यामा अलपत्र नेपालीलाई उद्धार गर्न प्रगतिशील नेपाली समाज समिति भारतले अनलाइन फारम प्रकाशनमा ल्याएको छ ।

समिति पदाधिकारीको बैठकले भारतभर रहेका नेपाली नागरिकको तथ्यांक संकलन गर्न अनलाइन फारम ल्याएको हो ।

समितिको भर्चुअल (अनलाइन) बैठकले संकलन डाटा फारम छिट्टै परराष्ट्र मन्त्रालयलाई पठाउने निर्णय संगठनका अध्यक्ष प्रकाश नेपालीले जानकारी दिए ।

चीनको बुवान शहरबाट सुरु भएको कोरोना भाइरस अहिलेसम्म विश्वका सबैजसो मुलुकमा फैलिसकेको छ । भाइरसका कारण मानव जातिको अस्तित्व नै संकटमा परेको छ । विश्वभरी लाखौं मान्छेहरुको ज्यान गैसकेको छ भने लाखौंलाख मान्छेहरू संक्रमित छन् करोडौं मान्छेहरु बेरोजगार भएर बसेका छन् ।

भारतमा पनि संक्रमितको संख्या र मृतकको संख्या बढ्दो क्रममा छ । यो समस्यामा परेकालाई व्यवस्थापन गर्न प्रगतिशील नेपाली समाज समिति भारतले यो प्रयास थालेको समितिका प्रवक्ता गोकुल भुजेलले जानकारी दिए ।

यतिबेला कोरना भाइरस विरुद्ध भारत लगायत विश्व सबैजसो राष्ट्रहरु भाइरससंग लडिरहेका छन् भारतमा दिनप्रतिदिन बढिरहेको कोरोना महामारीको प्रकोप र नेपाली समुदायले भोग्नु परेको पीडा, समस्याहरुलाई नेपाल सरकारले वास्ता नगर्दा कष्ट र चुनौतिसँग लडिरहेका लाखौ नेपाली नागरिकहरुको दिनचर्या नाजुक बन्दै गएको छ ।

कोरोना महामारीको चपेटाबाट सिर्जना भएको मानव बिपत्तिको सन्-त्रास र अझै दुबै देश बिच उत्पन्न सिमा विवादको बढ्दो तनावले भारतमा बस्ने लाखौ नेपाली नागरिकहरु माझ थप सम्भावित उत्पन्न दु:ख – कष्टलाई समेत मध्येनजर गर्दै संगठनको तर्फबाट इन्टरनेटको साहयताले यी सम्भावित सबै कुराहरु माथी हाम्रो संगठनको नजर बनाइराख्न अर्थात् आगामी दिनमा भारतमा बस्ने नेपाली समुदाय माथी आउने सबैखाले समस्याको समाधान खोज्न सजिलो होस् भन्ने हेतुले हाम्रो संगठनले अनलाइन मार्फत भरेर आफुभित्र परेको सबै खाले समस्या, आफू बसेको स्थान र चाहिने सहयोग स्पष्ट राख्न सक्ने गरि एक सफ्टवेयरको बिकास गरेका समितिले जनाएको छ ।

समितिले तयार पारेको अनलाइन फारमका लागि यहाँ क्लिक गर्नुहोस्

प्रकाशित मिति : ९ जेठ २०७७, शुक्रबार  १२ : ०१ बजे

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका