कोरोना संक्रमितको भरतपुरमा उपचार हुँदै « Khabarhub

कोरोना संक्रमितको भरतपुरमा उपचार हुँदै


९ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- भरतपुर कोभिड–१९ प्रयोगशालामा बिहीबार राति कोरोना भाइरस पोजेटिभ देखिएका तीनैजनालाई यहाँस्थित भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताल ल्याइएको छ ।

सो प्रयोगशालामा परीक्षण भएका १३१ जनामध्ये चितवनका दुई र नवलपरासीका एकजनामा पिसिआर परीक्षण पोजेटिभ देखिएको थियो ।

भरतपुर महानगरपालिका वडा नं ६ का वृद्ध दम्पत्तीमा पोजेटिभ देखिएको छ । स्वास्थ्य कार्यायले दिएको जानकारीअनुसार ७४ वर्षीय वृद्ध र ७३ वर्षीया वृद्धामा पोजेटिभ देखिएको हो ।

उनीहरु दुवै जेठ ३ गते भारतबाट उपचार गरी फर्किएका हुन् । उनीहरुसँगै फर्किएका छोराको भने परीक्षण नेगेटिभ देखिएको छ । वृद्ध वृद्धा र सँगै फर्किएका छोरालाई आज बिहानै कोरोना अस्पताल ल्याइएको छ ।

यस्तै नवलपरासीका सङ्क्रमितलाई बिहानै सो अस्पताल ल्याइएको छ । स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंका अनुसार ४५ वर्षीय ती पुरुष विनय त्रिवेणी नगरपालिका वडा नं ६ का हुन् । उनी जेठ १ गते भारतको गुजरातबाट आएका हुन् । उनका अनुसार आएलगत्तै उनलाई पश्चिम नवलपरासीको क्वारेन्टाइनमा राखिएको थियो । उनलाई जेठ ६ गतेदेखि आफ्नै वडाको क्वारेन्टाइनमा बसेका थिए ।

यही जेठ ७ गते बेलुका ज्वरो आएपछि उनी उपचारका लागि चोरमारा स्वास्थ्य केन्द्रमा ल्याएको उनले जानकारी दिए। पोजेटिभ देखिएलगत्तै उनलाई भरतपुर कोरोना अस्पताल पठाइएको हो ।

भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार सङ्क्रमण देखिएका तीन र यसअघिका एक गरी चारैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

प्रहरीको कोरोना परीक्षण

काठमाडौँमा कार्यक्षेत्रमा रहेका प्रहरीलाई कोरोना सङ्क्रमण देखिएपछि जिल्लामा उच्च सतर्कता अपनाइएको छ । जिल्ला प्रहरी कार्यालका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङका अनुसार जोखिममा काम गरिरहनुपर्ने भएका कारण उच्च सतर्कता अपनाइएको हो ।

उनले जिल्लामा रहेका १५ जना प्रहरीको पिसिआर परीक्षण र १०० जनाको र्‍यापिट डाइग्नोष्टिक टेष्ट गरेको जानकारी दिए । जिल्ला प्रहरी कार्यालय मातहतमा रही लोथर, नारायणगढको पुलचोक, मुग्लिन, कार्यालयकै मुद्दा फाँट, अस्पताल, विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा कार्यरत प्रहरीको परीक्षण गरिएको उनले बताए।

सो कार्यालयले प्रहरी अधिकृतदेखि जवानसम्मलाई साबुन पानीले हात धुन, कार्यक्षेत्रबाट फर्किएपछि आफ्नो पोशाकलाई धोएर निर्मलीकरण गर्न, कार्य क्षेत्रमा रहेको समयमा सामाजिक दूरी कायम गरी आफ्नो काम सम्पन्न गर्न लगाइएको उनले जानकारी दिए।

प्रहरीको मोबाइल सवारीमा दुईजनालाई पिपिइसहित सुरक्षा सामग्री लगाएर राख्ने गरिएको छ । कसैलाई समात्नुपरे वा तुरुन्तै एक्सनमा जानुपरे उनीहरुलाई पनि पठाउने र थप मद्धत पनि सँगै राख्ने गरिएको उनले बताए ।

कोरोनको सङ्क्रमण बढ्दै गएको समयमा प्रहरीले व्यक्तिगत सुरक्षाका साधन पिपिइ ५० थानको व्यवस्था गरेको छ । जिल्लामा रहेका प्रहरीलाई पिपिइ अपुग भएको भए पनि थप व्यवस्था गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।

प्रहरी स्वास्थ्यकर्मीभन्दा पनि अग्रपङ्तिमा रहेर काम गरिरहेको उनको भनाइ छ । अहिले जिल्ला प्रहरी कार्यालयमा करिब २५० को हाराहारीमा प्रहरी छन् । जिल्लाभर प्रहरीका ६६ इकाइमा गरेर ८०० जना प्रहरी कार्यरत रहेका छन् ।

प्रकाशित मिति : ९ जेठ २०७७, शुक्रबार  १ : ११ बजे

नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न इयूको चासो

काठमाडौं- युरोपेली सङ्घ (इयू) ले वर्तमान सरकारको प्राथमिकताको क्षेत्रमा सहयोग

‘सीमा समस्या समाधानका लागि कूटनीतिक प्रयास जारी छ’

काठमाडौं- परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा देखिएको सीमा

शिक्षामन्त्री पोखरेल र कानुनमन्त्री गौतमसँग रास्वपाका सांसदको छलफल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको मन्त्री-सांसद प्रि-बजेट अन्तरक्रियाको तेश्रो

रोशीमा बाढी आउँदा बिपी राजमार्ग बन्द

काभ्रेपलाञ्चोक- बुधबार साँझदेखि अवरुद्ध बिपी राजमार्ग बिहीबार बिहान ८ः३० बजेदेखि

रोममा अमेरिका–इटाली संवाद

रोम- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग नगरेको