स्वदेश फर्किने क्रम बढ्यो, परीक्षण गर्ने किटको अभाव « Khabarhub

स्वदेश फर्किने क्रम बढ्यो, परीक्षण गर्ने किटको अभाव


९ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लहान- भारतबाट दैनिक नेपाली स्वदेश फर्किने क्रम बढेसँगै कोरोना भाइरसको परीक्षणका लागि आवश्यक आरडिटी र पिसिआर किटको अभाव भएको छ ।

अहिलेसम्म जिल्लामा एकजनामा मात्र सङ्क्रमण पुष्टि भएको छ । “भारतबाट स्वदेश फर्कन सीमा क्षेत्रमा आउने गरेका छन्”, बरियारपट्टि गाउँपालिकाका अध्यक्ष सन्तोष मेहताले भने, “दैनिक सीमा क्षेत्रमा आइपुगेकालाई क्वारेन्टिनमा ल्याएर राख्छौं तर किटको अभावमा कोरोना जाँच नहुँदा समस्यामा परेका छौँ ।” क्वारेन्टिनमा बसेकालाई खाने तथा बस्नेलगायत सबै व्यवस्था क्वारेन्टिनमा मिलाइए पनि किटकै अभावमा जाँच गर्न नसक्दा स्थानीयवासीबाट समेत चिन्ता र दबाब आउने गरेको उनको दुखेसो छ ।

“सीमा क्षेत्रबाट हिजोसम्म ७४ जनालाई ल्याएर गाउँपालिकाको क्वारेन्टिनमा ल्याएर राख्यौँ”, उनले भने, “तर जाँचै नगरी ३४जनालाई औरही गाउँपालिका र २४ जनालाई लक्ष्मीपुर पतारी पठाएका छौँ ।” जिल्ला स्वास्थ्य कार्यालयसँग किट माग गर्दै आए पनि अहिलेसम्म उपलब्ध नभएकाले समस्यामा परेको उनको भनाइ छ ।

स्वदेश फर्किनेलाई जिल्लाको विभिन्न मुख्य नाकामा रहेका क्वारेन्टिनमा राख्ने गरिए पनि आरडिटी किट नहुँदा कोरोना परीक्षण गर्न कठिनाइ भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बिष्णुदेव यादवले जानकारी दिए।

“भारतसँग जोडिएको प्रमुख सीमानाका जिल्लाको भगवानपुर, बरियारपट्टि, माड्र, नवराजपुरलगायतबाट दैनिक २५ जनासम्मलाई ल्याएर जिल्लाका विभिन्न स्थानमा रहेका क्वारेन्टिनमा राख्ने गरेका छौँ”, उनले भने, “तर क्वारेन्टिनमा किट नहुँदा जाँचबिना नै सम्बन्धित जिल्ला र पालिकामा पठाउने गरेका छौँ ।”

“विगत एकसाताको अवधिमा भारतबाट फर्किएका ५९८ जनालाई जिल्लाका विभिन्न नाकाबाट ल्याएर विभिन्न स्थानको क्वारेन्टिनमा राखेका छौँ”,उनले भने, “तर कोरोना परीक्षण गर्ने आरडिटी किट अभाव भएकाले जाँच गर्न सकिरहेका छैनौँ ।” किट भएको भए आरडिटी जाँच गरेर नेगेटिभ रिपोर्ट आउनेलाई सम्बन्धित पालिकामा पठाउँथ्यो, पोजेटिभ आएकालाई पिसिआर परीक्षणमा पठाउँथ्यौँ तर किट नै नभएकाले जोखिम बढेको उहाँको भनाइ छ ।

“जिल्लामा पटक पटक गरी करिब ८०० आरडिटी किट आएको थियो”, उनले भने, “आएको किट सबै प्रयोग भइसकेको छ, अब हामीसँग किट छैन ।” किट पठाइदिन प्रदेश नं २ को स्वास्थ्य निर्देशनालय र सामाजिक विकास मन्त्रालयसँग माग गरेको र आएपछि क्वारेन्टिनमा आरडिटी जाँच अघि बढाउने उहाँले बताए।

किटकै अभावमा जिल्लामा कोरोना परीक्षणको दर बढ्न सकेको छैन । हालसम्म सिरहामा ८७० जनाको पिसिआर परीक्षण भएको छ भने ५७० जनाको आरडिटी परीक्षण भएको सो कार्यालयले जनाएको छ ।

जाँच भएकामध्ये सखुवानन्कारकट्टि गाउँपालिका–१ लतियाहीका ३० वर्षीय युवकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने अन्य सबैको रिपोर्ट नेगेटिभ आएको उनले जानकारी दिए । कोरोना सङ्क्रमण पुष्टि भएका युवकको कन्ट्र्याट आएका ४९ सहित २४२ जनाको स्वाब सङ्कलन गर्नुपरेकाले किट सकिएको उनको कथन छ ।

जिल्लाको भगवानपुर, बरियारपट्टि, माड्र, औरही, लहान , गोलबजार र मिर्चैया नगरपालिकामा क्वारेन्टिनमा शय्या सङ्ख्या बढाइएको छ । “सिरहामा पहिला २६५ क्वारेन्टिन शय्या थियो”, प्रमुख जिल्ला अधिकारी सरोजप्रसाद गुरागार्इंले भने, “तर अहिले हामीले प्रमुख ६ स्थानमा क्वारेन्टिन शय्या थप गरेका छौँ, जिल्लामा क्वारेन्टिन शय्या ९०० पुर्‍याएका छौँ ।”

“प्रदेश नं २ सरकारले समेत जिल्लामा पहिलाको भन्दा थप ८० शय्या आइसोलेशन शय्या थप्ने निर्णय गरेका छन्, हामीले पनि तयारी गरिरहेका छौँ”, उनले भने, “त्यसैले जिल्लामा क्वारेन्टिन र आइसोलेशनको समस्या छैन, छ भने किटकै समस्या छ ।” किटको व्यवस्थापन जति छिटो हुन्छ, त्यति नै राम्रो हुन्छ उनको कथन छ ।

कोरोना सङ्क्रमणको जोखिम हुन नदिन यस जिल्लासँग जोडिएको चारैतिरको नाका बन्द गरी सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रकाशित मिति : ९ जेठ २०७७, शुक्रबार  १ : ३२ बजे

सर्वोच्चले गर्‍यो ओलीलाई छाड्न अस्वीकार, सरकारका नाममा कारण देखाऊ आदेश जारी

काठमाडौं- सर्वोच्च अदालतले नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा

कांग्रेस सांसदहरूको भूमिका संसद्‍मा प्रभावकारी रहन्छ : पूर्णबहादुर खड्का

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले संसद्मा प्रभावकारी भूमिका निर्वाह

गृहमन्त्री गुरुङद्वारा प्रहरी प्रधान कार्यालय निरीक्षण, प्रहरीको भूमिकामा कुनै हस्तक्षेप नहुने

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका छन्

सिंहदरबार संवाद : सांसदहरू बोलिरहे, प्रधानमन्त्री सुनिरहे

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले सातै प्रदेश र सबै दलका प्रतिनिधि

सिंहदरबारमा सुरू भयो मन्त्रिपरिषद् बैठक, केही महत्त्वपूर्ण निर्णय हुँदै

काठमाडौं– मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरू भएको छ । प्रधानमन्त्री बालेनको सचिवालयका