१ सय ४९ जना नेपालीको शव विदेशी भूमिमा अलपत्र « Khabarhub

१ सय ४९ जना नेपालीको शव विदेशी भूमिमा अलपत्र


९ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वव्यापी महामारीका रुपमा फैलिकएको कोरोना भाइरसको सक्रमण रोक्न विभिन्न मुलुकमा लकडाउन लागू गरिएसँगै विदेशी भूमिमा ज्यान गुमाएका नेपालीहरुको शव स्वदेश ल्याउन कठिनाइ भएको छ ।

अन्त्येष्टि गर्न परिवारबाट सहमति प्राप्त नभएका र स्वदेश ल्याउन नसकिएका १ सय ४९ शवहरू विदेशी भूमिमै रहेको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।

बोर्डका अनुसार परिवारबाट सहमति दिएका ५८ वटा शव सम्बन्धित गन्तव्य मुलुकमै अन्त्येष्टि गरिएको छ । विभिन्न १० वटा मुलुकमा अलपत्र अवस्थामा १ सय ४९ शव रहेका छन्।

वाेर्डका अनुसार सबैभन्दा बढी साउदीमा ४९ वटा शव रहेकोमा ७ वटा शवहरु अन्त्येष्टिका लागि सहमति प्राप्त भएको छ। त्यस्तै ४२ वटा शव अलपत्र अवस्थामा रहेका छन् जसमा ३ शव भने काेराेना संक्रमित रहेका छन् ।

संयुक्त अरब इमिरेट्स् (युएई) मा ४६ वटा शवमध्ये ३२ वटा शवको त्यहीँ अन्त्येष्टिका लागि सहमति प्राप्त भएको छ। १४ वटा शव अलपत्र अवस्थामा छन्।

मलेसियामा ४४ शवमध्ये २ वटा शव अन्त्येष्टिका लागि सहमति प्राप्त भएको छ। ४२ शव अलपत्र अवस्थामा छन्। कतारमा ४१ शवमध्ये ६ वटा शव अन्त्येष्टिको सहमति प्राप्त भएको छ। ३५ शवहरु अलपत्र अवस्थामा छन्। कुवेतमा ११ शव अलपत्र अवस्थामा छन्।

बहराइनमा रहेका ३ वटा शवमध्ये १ वटा शव अन्त्येष्टिको सहमति प्राप्त भएको छ। २ वटा शव अलपत्र अवस्थामा छन्। त्यस्तै टर्की र ओमानमा १/१ वटा शव अलपत्र अवस्थामा रहेको छ।

कोरोनाका कारण विदेशमा ज्यान गुमाएकाहरुको सम्बन्धित मुलुकमै अन्त्येष्टि गरिन्छ भने अन्य विभिन्न कारणले ज्यान गुमाएकाहरुको शव पनि लकडाउन र अन्तर्राष्ट्रिय उडानहरू बन्द रहेका कारण लामो समयदेखि विदेशमै अड्किएको अवस्था छ ।

शव अन्त्येष्टिका लागि स्वदेशमै ल्याउन चाहानेले केही समय कुनुपर्ने बोर्डले जनाएको छ।

प्रकाशित मिति : ९ जेठ २०७७, शुक्रबार  ६ : ५३ बजे

कांग्रेसको प्रतिज्ञापत्र आइतबार दिउँसो सार्वजनिक हुने

काठमाडौं– नेपाली कांग्रेसले चुनाव केन्द्रित प्रतिज्ञापत्र आगामी आइतबार सार्वजनिक गर्ने

चुनावी घोषणापत्रमा आजपाको मुख्य एजेण्डा : प्रत्यक्ष कार्यकारी र एक घर-एक रोजगारी

काठमाडौं– आम जनता पार्टी (आजपा)ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ

‘विकल्प नै खोजिएको हो भने नेतृत्व र नीति दुवैमा कांग्रेस नयाँ भएर आएको छ’

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले यदि कसैले नयाँ पार्टीमा

सुनसरी र झापाबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ

काठमाडौं– सुनसरीको धरान उपमहानगरपालिका-१० सेवालुङ चोक बस्ने २६ वर्षीय सन्दिप राईसमेत

सङ्खुवासभामा निर्वाचन तयारी तीव्र : आठ मतदानस्थल अति संवेदनशील

किमाथाङ्का– आसन्न निर्वाचन अन्तर्गत यहाँका आठ मतदानस्थललाई अति संवेदनशील सूचीमा राखिएकोे