१ सय ४९ जना नेपालीको शव विदेशी भूमिमा अलपत्र « Khabarhub

१ सय ४९ जना नेपालीको शव विदेशी भूमिमा अलपत्र


९ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वव्यापी महामारीका रुपमा फैलिकएको कोरोना भाइरसको सक्रमण रोक्न विभिन्न मुलुकमा लकडाउन लागू गरिएसँगै विदेशी भूमिमा ज्यान गुमाएका नेपालीहरुको शव स्वदेश ल्याउन कठिनाइ भएको छ ।

अन्त्येष्टि गर्न परिवारबाट सहमति प्राप्त नभएका र स्वदेश ल्याउन नसकिएका १ सय ४९ शवहरू विदेशी भूमिमै रहेको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।

बोर्डका अनुसार परिवारबाट सहमति दिएका ५८ वटा शव सम्बन्धित गन्तव्य मुलुकमै अन्त्येष्टि गरिएको छ । विभिन्न १० वटा मुलुकमा अलपत्र अवस्थामा १ सय ४९ शव रहेका छन्।

वाेर्डका अनुसार सबैभन्दा बढी साउदीमा ४९ वटा शव रहेकोमा ७ वटा शवहरु अन्त्येष्टिका लागि सहमति प्राप्त भएको छ। त्यस्तै ४२ वटा शव अलपत्र अवस्थामा रहेका छन् जसमा ३ शव भने काेराेना संक्रमित रहेका छन् ।

संयुक्त अरब इमिरेट्स् (युएई) मा ४६ वटा शवमध्ये ३२ वटा शवको त्यहीँ अन्त्येष्टिका लागि सहमति प्राप्त भएको छ। १४ वटा शव अलपत्र अवस्थामा छन्।

मलेसियामा ४४ शवमध्ये २ वटा शव अन्त्येष्टिका लागि सहमति प्राप्त भएको छ। ४२ शव अलपत्र अवस्थामा छन्। कतारमा ४१ शवमध्ये ६ वटा शव अन्त्येष्टिको सहमति प्राप्त भएको छ। ३५ शवहरु अलपत्र अवस्थामा छन्। कुवेतमा ११ शव अलपत्र अवस्थामा छन्।

बहराइनमा रहेका ३ वटा शवमध्ये १ वटा शव अन्त्येष्टिको सहमति प्राप्त भएको छ। २ वटा शव अलपत्र अवस्थामा छन्। त्यस्तै टर्की र ओमानमा १/१ वटा शव अलपत्र अवस्थामा रहेको छ।

कोरोनाका कारण विदेशमा ज्यान गुमाएकाहरुको सम्बन्धित मुलुकमै अन्त्येष्टि गरिन्छ भने अन्य विभिन्न कारणले ज्यान गुमाएकाहरुको शव पनि लकडाउन र अन्तर्राष्ट्रिय उडानहरू बन्द रहेका कारण लामो समयदेखि विदेशमै अड्किएको अवस्था छ ।

शव अन्त्येष्टिका लागि स्वदेशमै ल्याउन चाहानेले केही समय कुनुपर्ने बोर्डले जनाएको छ।

प्रकाशित मिति : ९ जेठ २०७७, शुक्रबार  ६ : ५३ बजे

कांग्रेसमा मध्यस्थकर्ता नेताको खाँचो भयो : सञ्जीव हुमागाईँ (अन्तर्वार्ता)

काठमाडौं- नेपाली कांग्रेसका संस्थापन पक्ष, सभापति शेरबहादुर देउवा र कार्यवाहक

कारागारबाट भागेका २२६ कैदीबन्दी अझै फरार

अत्तरिया– कैलाली कारागारबाट भागेका २२६ कैदीबन्दी अझै फरार रहेका छन्

वीरमा एमआरआई र सिटी स्क्यानको रिपोर्ट पाँच दिनसम्म नआउँदा बिरामीको बिजोग

काठमाडौं- वीर अस्पतालमा एमआरआई र सिटी स्क्यानजस्ता संवेदनशील तथा महत्वपूर्ण

कुल विदेशी विनिमय सञ्चिति ३२ खर्ब नाघ्यो, १८ महिनाको आयात धान्न पुग्ने

काठमाडौं– नेपालमा वैदेशिक विनिमय सञ्चिति ३२ खर्ब नाघेको छ । 

कलाका माध्यमबाट जलवायु परिवर्तनदेखि युवा पलायनको चिन्ता

गण्डकी– पोखरामा बिहिबारदेखि जारी ‘आर्ट इन हिमालय’ कला प्रदर्शनीमा राखिएका