नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित ५१६ पुगे « Khabarhub

नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित ५१६ पुगे


९ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शुक्रबार राति थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा मकवानपुर हेटौडा–३ की महिला र भक्तपुर–९ की महिलामा कोरोना पुष्टि भएको हो ।

त्यसैगरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरामा गरएिको परीक्षणमा सप्तरीको बलान– बिहुल गाविसका ३४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।

त्यस्तै कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौडामा गरिएको परीक्षणमा बाराका ६ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । बाराको सिमरनगढ नगरपालिकाका २२, २७, ३०, ३४, ३८, ४५ वर्षीय पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म कोरोना संक्रमित जिल्लाहरु ४० पुगेको छ । नेपालमा कोरोना संक्रमितमध्ये हालसम्म ७० जना उपचारपछि निको भएर घर फर्किएका छन् भने ३ जनाको मृत्यु भएको छ । आज मात्र बाँकेको नेपालगञ्जमा २१ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

 

प्रकाशित मिति : ९ जेठ २०७७, शुक्रबार  ८ : ३२ बजे

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी