विश्वभर ९० लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण « Khabarhub

विश्वभर ९० लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण


८ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साढे ५ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर ९० लाखभन्दा बढी संक्रमित भएका छन् ।

सोमबार बिहान यो समाचार तयार पार्दासम्म एकै दिन १ लाख ३० हजार २५४ जना संक्रमित भएका छन् । योसँगै विश्वभर संक्रमितको संख्या ९० लाख ३८ हजार ८०९ पुगेको छ ।

विश्वभर पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ३ हजार ३३८ छ । योसँगै मृत्यु हुनेको संख्या ४ लाख ६९ हजार ६०४ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म विश्वका २१३ मुलुक र २ पानीजहाजमा फैलिएको संक्रमणबाट उपचारपछि निको हुनेको संख्या ४८ लाख ३४ हजार १३९ पुगेको छ भने ३७ लाख ३५ हजारभन्दा बढीको उपचार भइरहेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ८७ हजार ६२६ जनाको मृत्यु भएको छ ।

२३ लाख १० हजार ९६१ जना संक्रमित भएकोमा १२ लाख ५८ हजार ३८५ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ५३ हजार ९४४ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २७ लाख २९ हजार २०५ पुगेको छ । त्यसमध्ये १२ लाख १७ हजार ८६४ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा ४८ हजार २५६ जनाको मृत्यु भएको छ । १९ लाख ८२४ जना संक्रमित भएकोमा १२ लाख ४ हजार २९२ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा ७१ हजार ४९१ जनाको मृत्यु भएको छ । १७ लाख ७८ हजार ८६५ संक्रमित भएकोमा ९ लाख ५९ हजार ५५८ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ८ हजार १४८ जनाको ज्यान गएको छ भने ३ लाख ९ हजार १५३ संक्रमित छन् । संक्रमितमध्ये १ लाख ४८ हजार ८२७ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ९ हजार ७९ जना संक्रमित भएकोमा ८ हजार ४८५ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  ६ : ३९ बजे

साउदी–पाकिस्तान–टर्कीबीच सैन्य क्षमता र सुरक्षा सहकार्य विस्तारमा जोड

एजेन्सी– साउदी अरब, पाकिस्तान र टर्कीएका सैन्य प्रमुखहरूले शुक्रबार रियादमा

तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद

काठमाडौं– पछिल्लो तीन महिनामा सशस्त्र प्रहरीले मधेस प्रदेशबाट झण्डै रु

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह

नारायणगढ – अविरल वर्षासँगै बाढी र डुबानको जोखिम बढेपछि चितवन

नारायणी नदी पसेपछि सुस्ताका स्थानीयलाई सुरक्षित स्थानमा सारिँदै

एजेन्सी– नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), १० असोजः पश्चिम नवलपरासीको सुस्ता

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कमा नेपाली डायस्पोरासँग अन्तरक्रिया

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा