साउदीले रोक्यो हज यात्रा | Khabarhub Khabarhub

साउदीले रोक्यो हज यात्रा


८ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – साउदीले यो वर्षको हज यात्रा रोकेको छ ।

कोरोना भाइरसको महामारीका कारण हज यात्रा रोकिएको हो । योसँगै नेपालका मुस्लिम धर्मावलम्वीहरूबाट उठाइएको हज यात्रा शुल्क हज समितिले फिर्ता गर्न थालेको छ ।

विश्वभर फैलिएको कोरोना भाइरस संक्रमणका कारण साउदी अरबको हज तथा उम्राह मन्त्रालयले केही दिनअघि यो वर्षको हज नहुने घोषणा गरेपछि समितिले संकलित रकम फिर्ता दिन थालेको हो ।

यो वर्ष हजमा जानका लागि करिब १५ सय नेपाली मुसलमानले समितिमा रकम जम्मा गरेका थिए ।

पहिलो चरणमा एक जना हज यात्रीसँग एक लाख २५ हजार रुपैयाँका दरले रकम संकलन गरिएको थियो । हज नहुने भएपछि उक्त रकम फिर्ता गर्न थालिएको हो ।

हिजरी सम्वत्‌को जिल्हिज्जा महिनामा विश्वभरका लाखौं मुसलमानहरु हजका लागि साउदी अरबको मक्का र मदिना जाने गर्छन् । हज इस्लामका ५ आधार स्तम्भमध्येको एक मानिन्छ ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  ८ : १४ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी