काठमाडौं – बेलायतका वैज्ञानिक प्राध्यापक पीटर पाएट कोरोना भाइरसको संक्रमण फैलन नदिन अब क्वारेन्टाइनको जरूरी नभएको बताएका छन् ।
इबोला र एचआईभीमा खोजका लागि विश्वमा नै चर्चित बनेका लन्डन स्कूल अफ हाइजीन एण्ड ट्रपिकल मेडिसिनका प्राध्यापक पाएटले सुरूवाती अवस्थामा क्वारेन्टाइन जरूरी भए पनि अव अवस्था फेरिएको बताएका छन् ।
अबको विकल्प २ मिनटरको भौतिक दूरी र सार्वजनिक स्थलमा अनिवार्य मास्कको ब्यवस्था उपयुक्त हुने उनको भनाई छ ।
बाहिरबाट आउने व्यक्तिलाई १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने मापदण्डलाई पनि बेलायतले तुरुन्त उनको सुझाव रहेको टेलिग्राफमा प्रकाशित समाचारमा उल्लेख छ ।
प्रतिक्रिया