सुशान्त मृत्यु प्रकरणः नायिका रियाविरुद्ध उजुरी « Khabarhub

सुशान्त मृत्यु प्रकरणः नायिका रियाविरुद्ध उजुरी


८ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 एजेन्सी- बलिउड अभिनेता सुशान्त सिंह राजपूतकाे मृत्युका विषयमा भारतीय प्रहरीले अनुसन्धान जारी राखेको छ ।

राजपूतले आत्महत्या गरेकाे भनिए पनि उनको के कारणले मृत्यु भएको हो यसबारे प्रहरी अनुसन्धान जारी राखेको हो ।

घटनाको प्रहरीले अनुसन्धान गरिरहँदा उनको मृत्यु प्रकरणलाई लिएर नायिका रिया चक्रवर्तीविरुद्ध उजुरी दर्ता भएकाे छ।

उनी सुशान्तकी नजिककी साथी हुन्। रियाले सुशान्तलाई आत्महत्या गर्न उक्साएकाे आराेप लगाइएकाे छ। रियाले गत शनिबार सीजेएम अदालतमा आफ्नाे याचिका दायर गरेकी छन्। यस विषयमा २४ जुनमा सुनुवाइ हुनेछ।

यसअघि पनि सुशान्त मृत्यु प्रकरणलाई लिएर  बलिउड अभिनेता सलमान खान, निर्माता तथा निर्देशकहरू करन जोहर, एकता कपुर तथा सञ्जयलीला भन्सालीसहित आठ जना विरूद्ध फौजदारी मुद्दा परिसकेको छ ।

गत बुधबार एक वकिलले उनीहरूलाई अभिनेता  राजपुतको मृत्युको कारण भन्दै बिहार अदालतमा मुद्दा दायर गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

टाइम्स अफ इन्डियाका अनुसार वकिल सुधिर कुमार ओझाले सलमान, करनसहित आठ जनाका विरूद्ध मुद्दा दायर गरेका हुन्। अदालतले आगामी जुलाई ३ को सुनुवाइ मिति तोकेको जनाइएको छ।

ओझाले दायर गरेको मुद्दामा आदित्य चोपडा, साजिद नाडियडवाला, भुषण कुमार र निर्देशक दिनेशको पनि नाम छ।

टाइम्स अफ इन्डियाका अनुसार यी आठ व्यक्तिले सुशान्तका फिल्म रिलिज हुन बाधा पैदा गरेको र यिनीहरूकै कारण सुशान्तलाई फिल्मी कार्यक्रमहरूमा पनि बोलाउन छाडिएको मुद्दामा उल्लेख गरिएको छ ।

केही दिन अघि अभिनेता सुशान्तसिंह मुम्बईस्थित आफ्नै फ्ल्याटमा मृत भेटिएका थिए।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  ९ : ४१ बजे

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति

प्रदीप पौडेल र गुरुराज घिमिरे कांग्रेस महामन्त्री निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसको महामन्त्री पदमा प्रदीप पौडेल र गुरुराज घिमिरे

कांग्रेस सभापतिमा गगन थापा सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन भएका

नियमित महाधिवेशन पक्षका प्रदेश र जिल्ला सभापतिले भने : पार्टी गम्भीर र संवेदनशील मोडमा पुग्यो

काठमाडौं – नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर पाँच प्रदेश सभापति