४१ जिल्लामा बाढीको खतरा, सतर्क रहन आह्वान | Khabarhub Khabarhub

४१ जिल्लामा बाढीको खतरा, सतर्क रहन आह्वान


८ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज विभिन्न ४१ जिल्लाका नदी तथा खोलामा बाढीको सम्भावना रहेको जनाएको छ ।

मनसुन सुरू भएसँगै जारी वर्षाका कारण आज बागमती, नारायणी, पश्चिम राप्ती, बबईका स-साना सहायक नदीहरुमा बहाब बढ्ने र केहीमा आकस्मिक बहाब पनि हुन सक्ने भएकाले सतर्क रहन महाशाखाले अनुरोध गरेको छ ।

काठमाडौं उपत्यकाका तीन जिल्लासहित ईलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, उदयपुर, सिन्धुली, मकवानपुर, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, रसुवा, नुवाकोट, धादिङ, चितवनका स-साना खोलाहरूमा पनि वहाब बढ्ने सम्भावना छ ।

यस्तै गोरखा, तनहुँ, कास्की, लमजुङ, स्याङजा, पर्वत, अर्घाखाँची, गुल्मी, पाल्पा, रोल्पा, प्यूठान, नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ, बाँके, सल्यान, सुर्खेत, कैलाली र आसपास जिल्ला भई बहने स-साना खोलाहरुमा बहाव बढ्ने र केहीमा सतर्कता तह आसपाससम्म पुग्न सक्ने सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  ९ : ४४ बजे

मार्तडी र कोल्टीमा सहुलियत पसल सञ्चालन

बाजुरा– खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जिल्लाका मार्तडी र कोल्टीमा

कांग्रेसको पुनर्गठन प्रस्ताव गर्दै गगनले भने : महामन्त्री पद छोड्न तयार छु

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जेन-जी आन्दोलनपछिका घटनाप्रति फेरि

उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन उद्योग मन्त्रालयको आग्रह

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक उपभोग्य सामग्री तथा

कोरला नाकाबाट एक सय बढी विद्युतीय सवारी आयात

मुस्ताङ– यहाँको लोमान्थाङस्थित कोरला नाकाबाट १०० बढी विद्युतीय सवारी आयात