बस्दा वा सुत्दा खुट्टा हल्लाउने बानि पनि रोग ! | Khabarhub Khabarhub

बस्दा वा सुत्दा खुट्टा हल्लाउने बानि पनि रोग !


८ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

कतिपय मानिसमा बस्दा वा सुत्दा खुट्टा हल्लाई रहने बानि हुन्छ ।

धेरै मानिसले यसलाई एक प्रकारको बानि मात्र ठानेर वेवास्ता गर्दछन् । तर यो बानिमात्र नभएर एक प्रकारको रेस्टलेस सिन्ड्रोमको लक्षण हो ।

के हो रेस्टलेस सिन्ड्रोम ?
रेस्टलेस सिन्ड्रोमएक प्रकारको स्नायु प्रणालीको रोग हो । खासमा खुट्टा हल्लाउँदा शरीरमा डोपामाइन हर्मोन उत्पादन हुन्छ । जसकारण व्यक्तिलाई घरिघरि हल्लाउन मन लागिरहन्छ । खासमा डोपामाइनले मानिसको मष्तिकमा सुखको अनुभूति दिलाउँछ ।

विशेषतः शरीरमा आइरनको कमी भएमा यो सिन्ड्रोम देखापर्छ । यो ३५ वर्षभन्दा माथिका उमेरका मानिसमा बढि मात्रामा हुने गर्दछ । तर कतिपय अवस्थामा गर्भवती महिलाहरू, अत्यधिक रक्सी सेवन गर्ने, रुघा वा एलर्जीको औषधि खाने मानिसमा पनि यो सिन्ड्रोमको देखा पर्दछ ।

कसरी पाउने रेस्टलेस सिन्ड्रोमबाट छुटकारा ?
खासमा यो रोग जसलाई हामीले एक बानि मात्र ठानेका छौ यसबाट छुटकारा पाउन हाम्रो जीवनशैलीलाई व्यवस्थित बनाउनुपर्छ ।

यो समस्याबाट छुटकारा पाउन निम्न कुरा अबलम्बन गर्नुपर्छ :

१. रक्सी, क्याफिन र चुरोट खान छाड्नुस् ।
२. नियमित समयमै र पर्याप्त सुत्नुहोस् ।
३. सुत्नुअघि केहिबेर खुल्ला हावामा घुम्नुहोस् ।
४. तर सुत्नुअघि कठिन व्यायाम नगर्नुस् ।

घरेलुउपाचार
१. राति सुत्नुअघि गाईको दूध तताएर त्यसमा अलिकति जाइफल हालेर पिउनुस् ।
२. सुत्नुअघि बदामको तेल वा अरु उपलब्ध तेलले खुट्टाको मालिश गर्नुस् ।
३. हप्तामा दुई पटक ९० मिनेटको योग गर्नुहोस् यसले पनि राम्रो निन्द्रा पार्दछ ।
४. रेस्टलेस लेग सिन्ड्रोमबाट बच्न वृक्ष मुद्रा लगायतका योगासन गर्नुहोस् ।
५. शरीर र खुट्टाको नियमित मालिश गरेमा पनि रेस्टलेस लेग सिन्ड्रोमबाट राहत पाइन्छ ।
६. हप्तामा दुईचोटि ४५ मिनेट खुट्टाको मसाज गर्दा राम्रो निन्द्रा आउँछ ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  १० : ५१ बजे

निजामती सेवा विधेयकमाथि छलफल गर्न समितिमा पठाइयो

काठमाडौं – संघीय निजामती सेवा विधेयकलाई दफावार छलफलका लागि विधायन

साफ च्याम्पियनसिप खेलेर फर्किएको महिला टोलीलाई स्वागत (तस्बिरहरू)

काठमाडौं– दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यु–२० च्याम्पियनसिप खेलेर

शेयर बजारमा उछाल, ८१ अंकले बढ्यो नेप्से  

काठमाडौं– शेयर बजारमा उछाल गएको छ । मंगलबार नेपाल स्टक

‘आउँदो हिउँदे अधिवेशन नयाँ संसद् भवनबाट सञ्चालन हुनेगरी काम भइरहेको छ’

काठमाडौ– शहरी विकास मन्त्रालयले संसद्को आउँदो हिउँदे अधिवेशन नयाँ संसद् भवनबाट

ओलीलाई पूर्वराष्ट्रपतिको सन्देश : म एमालेको राजनीतिमा आइसकेँ, पछि हट्दिनँ 

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको सक्रिय राजनीतिबाट पछि नहट्ने