कांग्रेसको अवरोधले प्रदेश १ को प्रदेशसभा बैठक स्थगित « Khabarhub

कांग्रेसको अवरोधले प्रदेश १ को प्रदेशसभा बैठक स्थगित


८ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- प्रदेश नं.१ को प्रदेशसभाको बैठक आज स्थगित भएको छ ।

सभामुख प्रदीपकुमार भण्डारीले शून्य समयको कार्यक्रम प्रारम्भ गर्न लाग्दा प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सांसदहरुले उभिएर विरोध जनाएपछि सभामुख भण्डारीले पटक/पटक सांसदहरुलाई आसन ग्रहण गर्न आग्रह गरेका थिए ।

सभामुख भण्डारीको आग्रहलाई अस्वीकार गरेपछि उनले काँग्रेसका प्रदेशसभा सदस्यलाई बोल्न समय दिएपछि प्रमुख सचेत केदार कार्कीले संसद्मा उठेका प्रश्नहरुको मुख्यमन्त्री शेरधन राईले जवाफ दिनुपर्ने नभए संसद् चल्न नदिने बताएका थिए ।

उनले सरकारले कोरोना उपचार, रोकथाम एवं नियन्त्रणमा गरेको खर्च सार्वजनिक गर्नुपर्ने माग गरेका थिए । सचेतक कार्कीले प्रदेश सरकारको सचिव काठमाडौँ जाँदा प्रमुख जिल्ला अधिकारीसँग अनुमति पत्र लिनुपर्ने कुराको विरोध गरे ।

सरकारले यसै अधिवेशनमा प्रदेशको नामकरण गर्नुपर्ने र सार्वजनिक यातायात व्यवसायी तथा मजदुरहरुको समस्यालाई उचित सम्बोधन हुनुपर्ने माग गरे ।

१० मिनेटका लागि सदन स्थगन भएर पुनःशुरु भएपछि काँग्रेसका सांसदहरुले उभिएर विरोध जनाए । भोलि सदनमा मुख्यमन्त्री शेरधन राईले जवाफ दिने आश्वास प्राप्त भएको सूचनालाई पनि सांसदहरुले नमानेपछि असार ९ गते दिउँसो १ बजे संसद्को अर्को बैठक बस्ने सभामुख भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  २ : ५२ बजे

सभामुख अर्याल र चिनियाँ प्रतिनिधिमण्डलबिच भेटवार्ता

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालको नेतृत्वमा अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को

सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षी डिकबीच भेटवार्ता

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्याल र अष्ट्रेलियाली संसद्का सभामुख मिल्टन

मिनेन्द्रले उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी दिने भएका

कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ता सुरु

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि

सुनको मूल्य स्थिर : चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रह्यो भने चाँदीको