अर्घाखाँचीमा एकैदिन ३० जनाले जिते कोरोना संक्रमण « Khabarhub

अर्घाखाँचीमा एकैदिन ३० जनाले जिते कोरोना संक्रमण


८ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची-सन्धिखर्क नगरपालिका १ हटारिनेटाको आइसोलेशनमा रहेका ३० जना कारोना सङ्क्रमित उपचारपछि निकाे भएका छन् ।

सन्धिखर्क नगरपालिका ६ नरपानीका १३, वडा नम्बर ७ खाँचीकोटका १५, पाणिनि गाउँपालिका ७ का एक जना र शीतगङ्गा नगरपालिका १० का एक जना गरी ३० जनाले कोरोना जितेको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले बताए ।

आज सङ्क्रमणमुक्त हुनेमा दुई जना महिला र २८ जना पुरुष रहेका छन्, उनीहरु सबै भारतबाट फर्किएका व्यक्ति हुन् ।

भारतबाट फर्किएर पालिकाले बनाएका क्वरेण्टीनमा बसेकाहरुको स्वाब परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

उनीहरु जेठ १० गते भूमिकास्थान नगरपालिका ९ का ३४ वर्षीय पुरुषसँगकाे सम्पर्कमा आएका व्यक्ति हुन् । ती पुरुषकाे नेपाल आउने क्रममा बाटोमा मृत्यु भएको थियो । गएको जेठ १८ गते उनको सम्पर्कमा आएका र उनीसँगै आएकाहरुको स्वाब परीक्षणकाे लागि पठाइएको थियो ।

अर्घाखाँचीमा काेरोना सङ्क्रमितको सङ्ख्या दुई सय ३९ पुगेको छ । कोरोना सङ्क्रमणबाट दुई जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  ७ : ०९ बजे

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका