भारतसँगको सीमा विवाद कूटनीतिक वार्ताबाट सुल्झाउनपर्छ : नेता गौतम « Khabarhub

भारतसँगको सीमा विवाद कूटनीतिक वार्ताबाट सुल्झाउनपर्छ : नेता गौतम


८ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले आफूले चीनसँग हतियार लिएर भारतसँग बदला लिनुपर्छ नभनेको स्पष्ट पारेका छन् ।

उपाध्यक्ष गौतमले भारतसँगको सीमा विवाद कूटनीतिक वार्ताका माध्यमबाट सुल्झाउनपर्ने उल्लेख गर्दै सरकार र जनता सीमा विवादको समाधान कुटनीतिक विधिबाट गर्न दृढ रहेको बताएका छन् ।

चीनसँग हतियार लिएर भारतसँग बदला लिनुपर्छ भन्नु अव्यवहारिक, असान्दर्भिक तथा उत्तेजक अभिव्यक्ति भएको र आफूले यस्तो भन्दैनभनेको उनले जिकिर गरेका छन् ।

केही सञ्चारमाध्यमले गौतमले भारतसँग लड्न चीनसँग सहयोग लिनुपर्ने भनेको भन्दै समाचार प्रकशित भएकोमा उनले त्यसको खण्डन गर्दै यस्तो बताएका हुन् ।

उनले राष्ट्र र राष्ट्रियताका मुद्दामा आफूलाई स्पष्ट रुममा प्रस्तुत गर्दै आएको, विगतमा भएको असमान महाकाली सन्धि, कालापानी, लिपुलेक, लिम्पियाधुरामा भूमि अतिक्रमित भएको सन्दर्भलगायत विषयमा सधैँ स्पष्टताका साथ लागिरहेको समेत बताए ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  ६ : ०२ बजे

आज २०८३ साल भदौ ३१ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ३१ गते बुधबार सन् २०२६

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय