रुकुम घटनाका वादी र जाहेरीवालातर्फका वकिलको बहस सकियो « Khabarhub

रुकुम घटनाका वादी र जाहेरीवालातर्फका वकिलको बहस सकियो


८ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सोती मुद्दामा रुकुम जिल्ला अदालतमा थुनछेक बहस जारी छ ।

शुक्रबारदेखि शुरु भएको बहस आज पनि जारी रह्यो । थुनछेक बहस शुरु भएको तीन दिनमा वादी र जाहेरीवालातर्फका वकिलको बहस सकिएको छ ।

आज बाँकी रहेका जाहेरीवालातर्फका सात वकिलको बहस सकिएसंँगै वादी र जाहेरीवालातर्फका वकिलको बहस सकिएको रुकुम जिल्ला अदालतका स्रेष्तेदार कृतबहादुर बोहराले जानकारी दिए।

उनका अनुसार वादी र जाहेरीवालातर्फबाट २३ वकिलले बहस गरेका छन् । पहिलो दिन शुक्रबार वादीका तर्फबाट पाँच सरकारी वकिल र दुई जाहेरीवालातर्फका गरी सात तथा आइतबार जाहेरीवालातर्फका नौ र आज जाहेरीवालातर्फकै सात वकिलले बहस गरेका हुन् ।

मङ्गलबार प्रतिवादीतर्फका वकिलको बहस शुरु हुने स्रेष्तेदार बोहराले बताए । प्रतिवादीतर्फबाट सात वकिलले बहस गर्दै छन् ।

प्रतिवादीतर्फका वकिलको बहस मंगलबार नै सकिन सक्ने अदालतले जनाएको छ । मङ्गलबार नै थुनछेक बहस सकिएमा बुधबार थुनछेक आदेश आउन सक्ने आकलन गरिएको छ ।

गत जेठ १० गते रुकुम(पश्चिम)को चौरजहारी नगरपालिका–८, सोतीमा भएको घटनामा जाजरकोटका पाँच र रुकुम(पश्चिम)का एकको मृत्यु भएको थियो ।

उक्त घटनामा संलग्न रहेको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालयले ३४ जना विरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछुत कसूरमा मुद्दा दर्ता गराएको छ ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  ७ : १७ बजे

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका