सिटीसँग फराकिलो हार ब्योहोरेको वार्टफोड रेलिगेशन नजिक « Khabarhub

सिटीसँग फराकिलो हार ब्योहोरेको वार्टफोड रेलिगेशन नजिक


७ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रिमियर लिगमा म्यानचेस्टर सिटीका रहिम स्ट्रलिङको आक्रामक खेलको सिकार बनेको वाटफोर्ड रेलिगेसन क्षेत्रबाट उम्किन चुकेको छ ।

बुधबार बिहान भएको खेलमा सिटीसँग वार्टफोड आफ्नो घरेलु मैदानमा ४–० गोल अन्तरले पराजित भएको हो ।

सिटीसँग लज्जास्पदा हार ब्योहोरेको वार्टफोड लिगमा ३४ अंकसहित १७औं स्थानमा छ । लिगको शीर्ष दोस्रो स्थानमा रहेको सिटीको जीतका लागि स्ट्रलिङले दुई गोल गरे भने फिल फोडेन र एमेरिक लापोर्तेले समान एक–एक गोल गरे ।

खेलको पहिलो हाफमा २–० गोलको सहज अवस्थामा पुगेको सिटीका लागि स्ट्रलिङले ३६ र ४१ औं मिनेटमा गोल गर्दै टीमलाई दोहोरो अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा फोडेनले ६०औं मिनेटमा गोल गर्दै टिमलाई ३–० गोलको अग्रता दिलाएका थिए भने लार्पोतेले ६६औं मिनेटमा गोल गरेका थिए ।

४–० गोलले पछि परेको वाटफोर्डका लागि गोल फर्काउने समय रहेपनि उसले अवसलाई सदुपयोग गर्न नसक्दा फराकिलो हार ब्योहोर्न बाध्य भयो । ३७ खेल खेलेको सिटी ७८ अंकसहित दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  ५ : ३३ बजे

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा

कोरला नाकाबाट ५४३ टन फलफूल आयात

मुस्ताङ– चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल

एन्फा नेतृत्वविरुद्ध ९३ लाखको भ्रष्टाचार र खेल मिलेमतो मुद्दा दायर

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का वर्तमान नेतृत्वविरुद्ध ९३

कांग्रेस महाधिवेशन : खुलामञ्चमा पनि मतदान जारी

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि काठमाडौंको खुलामञ्चस्थित

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

दाङ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुसम्बन्धी रोगको परीक्षण तथा उपचारका लागि