विश्वमा कोरोना : १ करोड ५० लाखभन्दा बढी संक्रमित   « Khabarhub

विश्वमा कोरोना : १ करोड ५० लाखभन्दा बढी संक्रमित  


७ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर १ करोड ५० लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ ।

एकै दिन २ लाख ३८ हजार ७२८ जनामा संक्रमण देखिएसँगै बुधबार बिहान यो समाचार तयार पार्दासम्म विश्वभर संक्रमित हुनेको संख्या १ करोड ५० लाख ९१ हजार ४५२ पुगेको छ ।

वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ६६९ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ६ लाख १९ हजार ४०० पुगेको छ ।

बुधबार यो समाचार तयार पार्दासम्म संक्रमणमुक्त हुनेको संख्या ९१ लाख १० हजार १५३ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ९९ हजार ७४९ जनाको मृत्यु भएको छ । २७ लाख १ हजार ३९३ जना संक्रमित भएकोमा १६ लाख ८ हजार ४७४ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ९९ हजार ७११ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ४७ लाख २१ हजार ३९० पुगेको छ । त्यसमध्ये २३ लाख १९ हजार ३१४ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा ८२ हजार ६४६ जनाको मृत्यु भएको छ । ३५ लाख २६ हजार ५१ जना संक्रमित भएकोमा २५ लाख १२ हजार ३३७ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख २१ हजार ३६० जनाको मृत्यु भएको छ । ३३ लाख ७३ हजार ६८७ जना संक्रमित भएकोमा २२ लाख ४६ हजार ६६६ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा १५ हजार ७७० जनाको ज्यान गएको छ भने ७ लाख ५३ हजार ५४९ संक्रमित छन् । संक्रमितमध्ये ४ लाख १२ हजार ६५४ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १४९ जनाको मृत्यु भएको छ । १४ हजार १२१ जना संक्रमित भएकोमा १० हजार ५७ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  ७ : २१ बजे

नैनसिंह महरलाई महामन्त्रीमा अघि बढाउने डडेल्धुरा कांग्रेसको सर्वसम्मत निर्णय

डडेल्धुरा- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेता नैनसिंह महरलाई महामन्त्री पदको

पहिरोका कारण सोलुखुम्बु-काठमाडौं आवागमन बन्द

सोलुखुम्बु– सोलुखुम्बुको स्थलमार्गबाट प्रवेश गर्ने मुख्य नाकामा सडक भासिएपछि जिल्ला

राष्ट्रसङ्घको मुख्यालयमा ‘सगरमाथादेखि समुद्रसम्म’ नामक कार्यक्रम आयोजना

काठमाडौं- जलवायु परिवर्तन विषयलाई विश्वसामु बलियो रूपमा उठाउन नेपालले संयुक्त

साउदी–पाकिस्तान–टर्कीबीच सैन्य क्षमता र सुरक्षा सहकार्य विस्तारमा जोड

एजेन्सी– साउदी अरब, पाकिस्तान र टर्कीएका सैन्य प्रमुखहरूले शुक्रबार रियादमा

तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद

काठमाडौं– पछिल्लो तीन महिनामा सशस्त्र प्रहरीले मधेस प्रदेशबाट झण्डै रु