झापाको बुद्धशान्तिमा पहिरोले घर पुर्दा एक युवकको मृत्यु, तीन घाइते « Khabarhub

झापाको बुद्धशान्तिमा पहिरोले घर पुर्दा एक युवकको मृत्यु, तीन घाइते


७ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- झापाको बुद्धशान्ति गाउँपालिकामा पहिरोले घर पुर्दा एक युवकको मृत्यु भएको छ ।

बुद्धशान्ति गाउँपालिका–७ मोतीडाँडामा गएको पहिरोले घर पुर्दा मेचीनगर–९ निवासी १५ वर्षीय विवेक दर्नालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मेचीनगरबाट बुद्धशान्ति–७ निवासी तेजकुमार बराइलीको घरमा पाहुना आएका दर्नालको मङ्गलबार राति गएको पहिरोले घर पुर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

अविरल वर्षासँगै गएको पहिरोका कारण बराइलीको घर भत्किँदा ७७ वर्षीया तीलमाया बराइली, २१ वर्षीया कल्पना बराइली, १९ वर्षीया पृष्टिना बराइली घाइते भएका छन् ।

उनीहरुको स्थानीय मेडिकल लिभिङ होममा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मङ्गलबार राति गएको पहिरोले घर पुर्दा घाइते भएकाहरुलाई स्थानीयवासी, प्रहरी र जनप्रतिनिधिले उद्धार गरेको वुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेलले जानकारी दिनुभयो ।

पहिरोका कारण सोही ठाउँका थप दुई घर जोखिममा परेपछि उनीहरुलाई स्थानीय चर्चमा राति नै सारिएको छ । वुद्धशान्ति गाउँपालिका इलामसँग सिमाना जोडिएको गाउँपालिका हो । – रासस ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  ८ : ५५ बजे

विपद् पूर्वतयारी रणनीति सुधार्न सुरक्षा निकायका प्रमुखहरूको सुझाव

काठमाडौं– विभिन्न सुरक्षा निकायका प्रमुखहरूले प्राकृतिक विपद्का घटनाहरू पहिले भन्दा

चैतदेखि यता १२० फर्म तथा कम्पनी कालोसूचीमा

काठमाडौं– सार्वजनिक खरिद प्रक्रियालाई जबाफदेही र विश्वसनीय बनाउने सरकारको लक्ष्यअनुरूप

पत्रकार विश्वमणी सुवेदी पक्राउ

काठमाडौँ– पत्रकार विश्वमणी सुवेदी पक्राउ परेका छन् ।  उनलाई शुक्रबार प्रहरीले

काठमाडौँको जगडोल झण्डा पार्कबाट देखिएको उपत्यका (तस्बिरहरू)

काठमाडौँ– बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले काठमाडौँ उपत्यकामा शुक्रबार

विपद् प्रभावितलाई थप १६ लाख सहयोग

काठमाडौँ– नेपाल नेत्रज्योति सङ्घले विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा