तरल लिपिस्टिक लगाउनेले ध्यान दिनुपर्ने ४ कुरा « Khabarhub

तरल लिपिस्टिक लगाउनेले ध्यान दिनुपर्ने ४ कुरा


७ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महिलाको सुन्दरतामा उनीहरूले लगाउने लिपिस्टिकले पनि महत्व राख्दछ । अधिकाशं महिलाहरू सुन्दर ओठका लागी बिभिन्न प्रकारका लिपिस्टिक लगाउने गर्दछन् ।

आजकल बजारमा प्रशस्त मात्रामा लिक्विड लिपिस्टिक पाइने भएकाले महिलाहरू यस प्रकारको लिपिस्टिकको पनि अधिकतम प्रयोग गर्दछन् । ठोस लिपिस्टिकको तुलनामा तरल लिपिस्टिक गाढा रंग र धेरै समय टिक्ने भएकाले यस प्रति महिलाको रुची बढेको हो । तर तरल लिपिस्टिक लगाउँदा निम्न कुरामा भने ध्यान पुर्‍याउन आवश्यक हुन्छ ।

१. तरल लिपिस्टिक लगाउँदा छिटो वा केहि सेकेण्ड भित्र लगाउँनु हुदैन । यसका लागी प्रशस्त समय छुट्याएर विस्तारै लगाउनु पर्दछ ।

२. यस प्रकारको लिपिस्टिक ठोस लिपिस्टिकको तुलनामा चहकिलो हुने भएकाले सोहि अनुसारको अनुहारमा मेकअप गर्नुपर्छ । अर्थात अनुहारमा फाउनडेसन र ब्लस लगाउन जरुरी हुन्छ ।

३. तरल लिपिस्टिकलाई पटक पटक एक माथि अर्काे लगाउनु हुदैन । अर्थात यो लिपिस्टिक एकपल्ट लगाउँदा नै पुग्छ । यसलाई पटक पटक थपिरहनु हुदैन । यदि पुनः लगाउने आवश्यकता भएमा पहिले लगाएको लिपिस्टिक हटाउनुपर्छ । अन्यथा अस्वाभाविक देखिन्छ ।

४. यदि सुख्खा ओठ छ भने तरल लिपिस्टिक लगाउँदा ओठमा मोइस्चराइजर लगाउन जरुरी हुन्छ । साथै लिपिस्टिक हटाएपछि पनि ओठमा चिल्लो पार्न लिप बाम लगाउनु पर्दछ ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  ८ : ११ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल