गहिराई पत्ता नलागेको कुण्ड « Khabarhub

गहिराई पत्ता नलागेको कुण्ड


७ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विश्वमा केहि यस्ता रहस्य छन् जो अझैसम्म रहस्यमयी अवस्थामा नै छन् । अर्थात यसको यर्थाथ बारे वैज्ञानिकले समेत पत्तो लगाउन सकेका छैनन् ।

भारतमा रहेको एक कुण्डका बारेमा अझैसम्म वैज्ञानिकले यो कति गहिराईको छ भन्नेबारे पत्तो लगाउन सकेका छैनन् ।

भारतको मध्यप्रदेशको छतरपुर जिल्लाको बाजना गाउमा रहेको यस रहस्यमयी कुण्डको नाम हो, भिम कुण्ड ।

यो कुण्डका बारेमा महाभारतमा उल्लेख भएको स्थानीयको दाबा छ । महाभारत कालमा जब पाण्डव अज्ञातवासमा थिए । त्यसबेला तिर्खाले आकुल ब्याकुल भएको बेला भिमले आफ्नो गदालाई पृथ्वीमा पछारेर यो कुण्ड बनाएको स्थानीयको कथन छ । कुण्ड बनेपछि उनीहरुले यहिबाट आफ्नो पानी तिर्खा मेटेका थिए ।

बाहिरबाट झट्ट हेर्दा यो कुण्डको आकार गदाको आकारसँग मिल्दो छ । अन्य आम कुण्ड जस्तै देखिएपनि यसको विशेषता भने निकै रोचक छ । अर्थात एशियामा कुनै पनि प्राकृतिक आपत्त् (बाढी, हुण्डरी, सुनामी) आउनु अघि कुण्डको पानि आफै बढ्ने गर्दछ ।

यतिमात्र होइन यस रहस्यमयी कुण्डको गहिराईसमेत आजसम्म कसैले पत्ता लगाउन सकेका छैनन् । यसका लागी स्थानीय प्रशासनदेखि विदेशी वैज्ञानिकसम्मको प्रयास निर्रथक भएको छ । यहाँसम्म कि चर्चित डिस्कभरी च्यानलले समेत यसको गहिराई पत्ता लगाउन गरेको प्रयास सफल भएन ।

केहि विदेशी वैज्ञानिकले यस कुण्डको गहिराई पत्ता लगाउन २ सय मिटरसम्म क्यामेरा पठाएका थिए । तर पनि यसको गहिराई पत्ता लगाउन सकेनन् । आजसम्म पनि वैज्ञानिकसँग यसको गहिराई र प्राकृतीक विपत्का बेला कुण्डको पानी बढ्नुको कारणबारे कुनै जवाफ छैन ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  १० : ३६ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका