वैवाहिक सम्बन्ध जनाउन किन बायाँ हातको साइली औलामा लगाइन्छ औँठी ? « Khabarhub

वैवाहिक सम्बन्ध जनाउन किन बायाँ हातको साइली औलामा लगाइन्छ औँठी ?


७ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

नेपाली समाजमा विवाह वा टिकाटालो गर्दा औलामा औंठी लगाइदिने चलन छ । विशेषत दुलहा दुलहीले एकअर्काको देब्रे अर्थात बायाँ हातको साइँली औंलामा औठी लगाइ दिने चलन छ ।

साइँली बाहेक अन्य औंलामा औंठी लगाइदैन । धेरै मानिसमा यस बारे जिज्ञाशा हुनसक्छ किन साइँली औंलामा नै औंठी लगाइन्छ त ?

एकअर्कासँग विवाह बन्धनमा बाधिएको प्रतिक वा संकेत स्वरप विहे गर्दा औंलामा औंठी लगाउने चलन चलेको हो । जसलाई विवाह भएको चिन्ह मानिन्छ । विवाहमा औंठी लगाइदिने चलन इशापूर्व ३००० बाट शुरु भएको हो ।

त्यसबेला विवाहमा औंठी लगाउने चलन थियो । जो कालान्तरमा परम्परा बनिदियो । पहिले औंठी लगाउँदा बेहुलाका पितालाई विवाहको चिन्ह स्वरुप दिने चलन रहेको थियो । त्यस बेला बायाँ हातको साइँली औंलामा औठी लगाउँदा यसको सम्बन्ध सीधा मनसँग हुने मान्यता थियो ।

औंठीको परम्परा एसियन मुलुकमाभन्दा बढि युरोपियन मुलुकहरुमा रहेको छ । विवाहमा औंठी लगाउँदा यसले परिवारप्रतिको जिम्मेवारपन बोध हुने र जीवनसाथीको रक्षाका लागी तत्पर रहने मान्यता रहेको छ । एक आपसमा प्रेम साटासाट गर्न पनि औंठी लगाइदिने चलन रहेको छ ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  ८ : ४१ बजे

मधेसमा बालेन क्रेज

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह मधेसमा

सुमना कांग्रेस प्रवेश गर्ने लगभग पक्का, कहाँबाट पाउलिन् टिकट ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी छाडेकी पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठ नेपाली कांग्रेस

मधेस पुगेर रवि-बालेन एकसाथ पलेटी

काठमाडौं– मधेस पुगेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, वरिष्ठ

माओवादी छाडेका रहबर अन्सारी रास्वपातिर

काठमाडौं – नेकपा माओवादी परित्याग गरेका मधेस प्रदेशका पूर्व सांसद

जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : मेयर दाहाल

काठमाडौं– चितवन भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले आफू जुनसुकै भूमिका