सन्तान जन्माउने योजनामा छैनन् राजेश हमाल ! « Khabarhub

सन्तान जन्माउने योजनामा छैनन् राजेश हमाल !


७ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता राजेश हमाल केही समययता चर्चामा छन् । उनले पाएको ‘महानायक’ उपाधिले कहिलेकाहीं हमाललाई थप चर्चामा ल्याउने गर्छ ।

६ वर्षअघि मधु भट्टराईसँग बिहे नगरुञ्जेल हमाललाई धेरैले बिहे कहिले गर्ने भनेर प्रश्न सोध्ने गर्थे । बिहेपछि भने हमाललाई फ्यानले सोध्न थालेका छन् – सन्तान कहिले हुन्छ ?

हमालले यसअघिका अन्तर्वार्तामा सन्तान उत्पादनबारे खासै खुलेर बोलेका थिएनन् । तर, हालै उनले पत्रकार टिकाराम यात्रीलाई दिएको भिडियो अन्तर्वार्तामा तत्कालका लागि सन्तान जन्माउने कुनै योजना नभएको स्पष्ट पारेका छन् ।

‘सबैमा यस्तो सोच हुनु पनि हुँदैन, नत्र समाज कसरी चल्छ र, म बिहे गर्ने योजनामा पनि थिइनँ, एक जनासँग भेट भयो, बिहे भयो,’ उनले भने, ‘तत्कालका लागि हामी योजनाअनुसार नै अगाडि बढिरहेका छौं ।’

उनका अनुसार हमाल जोडीले योजनाअनुसार नै सन्तान उत्पादन गरेका छैनन् ।

अन्तर्वार्ताकार यात्रीले अनन्तसम्म सन्तान नजन्माउने योजना भएको हो कि भनेर प्रश्न गर्दा हमालले अहिलेका लागि त्यस्तो कुनै योजना नभएको बताए । उनले आफ्नो जीवनकालभरमै सन्तान नजन्माउनेतर्फ इंगित गरे ।

‘बिहे भयो, अलि ढिलै भयो, परिवार विस्तार गर्ने कि नगर्ने भन्ने पनि हाम्रो योजना अनुसार नै भइरहेको छ,’ हमालले भने, ‘अरुलाई बच्चा किन भएन भनेर लाग्नु स्वभाविक नै हो, झन् ढिलो उमेरमा गरेको बिहेमा त चाँडो बच्चा हुन्छ ।’

‘यो उदाहरणीय कुरा होइन, अनुकरणीय कुरा होइन, यो मेरो नितान्त व्यक्तिगत विषय पनि हो, व्यक्तिगत जीवन आ–आफ्नो माहोल हेरेर सञ्जालन गर्नुपर्छ,’ उनले भने ।

हमालले आफ्नो सोचाइ बिहे गर्ने समेत नभएको तर मधु भट्टराईसँग भेट भएपछि बिहे गरेको बताए । अहिले सन्तान जन्माउने कुनै योजना नभएको तर पत्नी (मधु)को चाहना भए योजना बन्न सक्ने समेत उनले बताए ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  १२ : ४२ बजे

कानुनलाई सरल बनाउन अध्ययन सुरु छ : मन्त्री सिन्हा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनीलकुमार सिन्हाले कानुन निर्माणको

चीन-नेपाल सम्बन्ध अद्वितीय छ : राजदूत छन सङ

काठमाडौं– नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको

निर्वाचन आयोगद्वारा समावेशी समूहको प्रतिशत निर्धारण

काठमाडाैं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२

केपीएल क्रिकेट प्रतियोगिता आगामी फागुन ९ देखि सुनसरीमा आयोजना हुने

काठमाडौं– तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट प्रतियोगिता आगामी

रविसहित रास्वपाको केन्द्रीय समितिको बैठक सुरु (तस्बिरहरू)

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको