सन्तान जन्माउने योजनामा छैनन् राजेश हमाल ! « Khabarhub

सन्तान जन्माउने योजनामा छैनन् राजेश हमाल !


७ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता राजेश हमाल केही समययता चर्चामा छन् । उनले पाएको ‘महानायक’ उपाधिले कहिलेकाहीं हमाललाई थप चर्चामा ल्याउने गर्छ ।

६ वर्षअघि मधु भट्टराईसँग बिहे नगरुञ्जेल हमाललाई धेरैले बिहे कहिले गर्ने भनेर प्रश्न सोध्ने गर्थे । बिहेपछि भने हमाललाई फ्यानले सोध्न थालेका छन् – सन्तान कहिले हुन्छ ?

हमालले यसअघिका अन्तर्वार्तामा सन्तान उत्पादनबारे खासै खुलेर बोलेका थिएनन् । तर, हालै उनले पत्रकार टिकाराम यात्रीलाई दिएको भिडियो अन्तर्वार्तामा तत्कालका लागि सन्तान जन्माउने कुनै योजना नभएको स्पष्ट पारेका छन् ।

‘सबैमा यस्तो सोच हुनु पनि हुँदैन, नत्र समाज कसरी चल्छ र, म बिहे गर्ने योजनामा पनि थिइनँ, एक जनासँग भेट भयो, बिहे भयो,’ उनले भने, ‘तत्कालका लागि हामी योजनाअनुसार नै अगाडि बढिरहेका छौं ।’

उनका अनुसार हमाल जोडीले योजनाअनुसार नै सन्तान उत्पादन गरेका छैनन् ।

अन्तर्वार्ताकार यात्रीले अनन्तसम्म सन्तान नजन्माउने योजना भएको हो कि भनेर प्रश्न गर्दा हमालले अहिलेका लागि त्यस्तो कुनै योजना नभएको बताए । उनले आफ्नो जीवनकालभरमै सन्तान नजन्माउनेतर्फ इंगित गरे ।

‘बिहे भयो, अलि ढिलै भयो, परिवार विस्तार गर्ने कि नगर्ने भन्ने पनि हाम्रो योजना अनुसार नै भइरहेको छ,’ हमालले भने, ‘अरुलाई बच्चा किन भएन भनेर लाग्नु स्वभाविक नै हो, झन् ढिलो उमेरमा गरेको बिहेमा त चाँडो बच्चा हुन्छ ।’

‘यो उदाहरणीय कुरा होइन, अनुकरणीय कुरा होइन, यो मेरो नितान्त व्यक्तिगत विषय पनि हो, व्यक्तिगत जीवन आ–आफ्नो माहोल हेरेर सञ्जालन गर्नुपर्छ,’ उनले भने ।

हमालले आफ्नो सोचाइ बिहे गर्ने समेत नभएको तर मधु भट्टराईसँग भेट भएपछि बिहे गरेको बताए । अहिले सन्तान जन्माउने कुनै योजना नभएको तर पत्नी (मधु)को चाहना भए योजना बन्न सक्ने समेत उनले बताए ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  १२ : ४२ बजे

रुपन्देहीबाट तीनजान लागूऔषध कारोबारी पक्राउ

लुम्बिनी– रुपन्देहीमा प्रहरीले गएराति लागूऔषध ओसारपसार कारोबारीलाई नियन्त्रणमा लिनेक्रममा तीन

भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउन गृहमन्त्रीको निर्देशन- ‘भोलि नभनी आजै र अहिल्यै’ काम गर्नू

काठमाडौँ – गृह मन्त्रालयले देशको शान्ति सुरक्षा र अपराध नियन्त्रणलाई

किम्बु बिरुवाको माग बढ्दो

चितवन– रेशम किरापालनका लागि परम्परागत रूपमा प्रयोग हुँदै आएको किम्बु

टेम्केमैयुङको प्रशासकीय भवन निर्माण हुने

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको नयाँ प्रशासनिक भवन निर्माण हुने भएको

हुप्सेकोटमा बालिकाहरुलाई पाँच हजारसहितको बैंक खाता

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले ३६ बालिकाहरुलाई पाँच हजारसहितको