चियामा फेरि विवाद : उद्योगीको छवि गिराएको आरोप « Khabarhub

चियामा फेरि विवाद : उद्योगीको छवि गिराएको आरोप


७ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम- ‘सदावाहर’जस्तो चलिरहने चिया विवाद फेरि बल्झिएको छ । केही महिना अघि मात्र शुरु भएको किसान–उद्योगी विवाद साम्य हुन नपाउँदै यहाँस्थित सूर्योदय नगरपालिकामा अर्को विवाद चर्केको छ ।

केही दिनअघि नगर प्रमुख रणबहादुर राई, उपप्रमुख दुर्गादेवी भट्टराई, नगरपालिकाको चिया शाखा सचिवालय संयोजक देवेन्द्र शर्मा, चिया तथा कफी बोर्डका प्रमुखसहितको टाली उद्योगमा पुगेर अनुगमन गरेपछि विवाद बाहिरिएको हो । नगरपालिकाले बनाएको दुई वर्षअघिको चिया मापदण्ड कार्यान्वयन भएको/नभएको बुझ्न उद्योग गएको अनुगमन टोलीले आफूहरूको आँच आउने काम गरेको भन्दै उद्योगीले आपत्ति जनाएका छन् ।

नगरपालिकाको कार्यविधिमा किसानको हरियो चियापत्तीको मूल्य प्रति किलो रु ४० न्यूनतम दिनुपर्ने प्रावधान कार्यान्वयनमा आएको/नआएको जानकारी लिन अनुगमन गरिएको थियो तर, न्यूनतम मापदण्ड पूरा नभएको भन्दै नगरपालिकाले सामाजिक सञ्जालमा पोष्ट गरेपछि उद्योगीले आफूहरूको इज्जतमाथि आँच आउने काम गरेको भन्दै आपत्ति जनाएका हुन् ।

उद्योगीको सङ्गठन सूर्योदय टी प्रोडक्सन एशोसिएशनले विज्ञप्ति निकाल्दै अनुगमनका क्रममा उद्योगी, मजदूर र किसानबीच ‘असामान्य परिस्थिति सिर्जना गरेको’ बताइएको छ । “उद्योग परिसरमा किसान, मजदूर भेला गराई नगरपालिकाले अभद्र व्यवहार गरेको”, एशोसिएशनबाट निकालिएको विज्ञप्तिमा भनिएको छ ।

नगरपालिकाले भने एशोसिएशनमार्फत सञ्चालित उद्योगले मापदण्डअनुसार काम नगरेको र त्यसबारेमा आफूहरूले सचेतना जगाइएको बताएको छ । नगरपालिकाले बनाएको मापदण्ड उद्योगले कार्यान्वयन नगराएको भन्दै किसानले आन्दोलन गर्दै आएका थिए । उद्योगीले विभिन्न बाहनामा किसानको चियाको मूल्य ‘अत्यन्तै कम्ती’ दिने गरेको किसानले बताएका छन् ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  १ : १९ बजे

कानुनलाई सरल बनाउन अध्ययन सुरु छ : मन्त्री सिन्हा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनीलकुमार सिन्हाले कानुन निर्माणको

चीन-नेपाल सम्बन्ध अद्वितीय छ : राजदूत छन सङ

काठमाडौं– नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको

निर्वाचन आयोगद्वारा समावेशी समूहको प्रतिशत निर्धारण

काठमाडाैं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२

केपीएल क्रिकेट प्रतियोगिता आगामी फागुन ९ देखि सुनसरीमा आयोजना हुने

काठमाडौं– तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट प्रतियोगिता आगामी

रविसहित रास्वपाको केन्द्रीय समितिको बैठक सुरु (तस्बिरहरू)

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको