सुशान्त सिंह राजपूत केश: कंगनासँग सोधपुछ गर्दै प्रहरी « Khabarhub

सुशान्त सिंह राजपूत केश: कंगनासँग सोधपुछ गर्दै प्रहरी


७ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारतीय अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्याको विषयमा अभिनेत्री कंगना रनावतसँग सोधपुछ गरिने भएको छ ।

प्रहरीले यसअघि आदित्य चोपडा, सञ्जय लीला भन्साली, मुकेश छाबडासहित ३५ जनाभन्दा धेरैसँग सोधपुछ गरिसकेको छ ।

यतिबेला कंगना मुम्बईबाहिर छिन् । उनले हिमाञ्चलस्थित आफ्नै घरमा समय बिताइरहेकी छिन् । प्रहरीले सुशान्तको विषयमा कंगनालाई पनि सोधपुछ गर्नसक्ने भारतीय मिडियाले उल्लेख गरेका छन् ।

कंगनाले सुशान्तको आत्महत्यापछि बलिउडमा हुने असमानताविरुद्ध आवाज उठाइरहेकी छिन् । उनले नेपोटिज्मका कारण सुशान्तले आत्महत्या गरेको बताएकी थिइन् ।

प्रहरीले सुशान्तले आत्महत्या गर्नुको कारण पत्ता लगाउने प्रयास गरिरहेको छ ।

मुम्बईस्थित बान्द्रा प्रहरी इन्भेस्टिकेसन टिमले पछिल्लो महिना कंगनालाई एक नोटिस पठाएको थियो । त्यसपछि उनले आफ्ना एक सदस्यलाई मुम्बई पठाएकी थिइन् ।

कंगनाले सुशान्तको योजनाअनुरुप हत्या भएको बताएकी थिइन् । उनले एक अन्तर्वार्तामा भनेकी थिइन् – सुशान्तविरुद्ध जाल रचिएको थियो, जसले गर्दा सुशान्तको करिअर ध्वस्त बनोस् ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  २ : २४ बजे

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक