सुशान्त सिंह राजपूत केश: कंगनासँग सोधपुछ गर्दै प्रहरी « Khabarhub

सुशान्त सिंह राजपूत केश: कंगनासँग सोधपुछ गर्दै प्रहरी


७ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारतीय अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्याको विषयमा अभिनेत्री कंगना रनावतसँग सोधपुछ गरिने भएको छ ।

प्रहरीले यसअघि आदित्य चोपडा, सञ्जय लीला भन्साली, मुकेश छाबडासहित ३५ जनाभन्दा धेरैसँग सोधपुछ गरिसकेको छ ।

यतिबेला कंगना मुम्बईबाहिर छिन् । उनले हिमाञ्चलस्थित आफ्नै घरमा समय बिताइरहेकी छिन् । प्रहरीले सुशान्तको विषयमा कंगनालाई पनि सोधपुछ गर्नसक्ने भारतीय मिडियाले उल्लेख गरेका छन् ।

कंगनाले सुशान्तको आत्महत्यापछि बलिउडमा हुने असमानताविरुद्ध आवाज उठाइरहेकी छिन् । उनले नेपोटिज्मका कारण सुशान्तले आत्महत्या गरेको बताएकी थिइन् ।

प्रहरीले सुशान्तले आत्महत्या गर्नुको कारण पत्ता लगाउने प्रयास गरिरहेको छ ।

मुम्बईस्थित बान्द्रा प्रहरी इन्भेस्टिकेसन टिमले पछिल्लो महिना कंगनालाई एक नोटिस पठाएको थियो । त्यसपछि उनले आफ्ना एक सदस्यलाई मुम्बई पठाएकी थिइन् ।

कंगनाले सुशान्तको योजनाअनुरुप हत्या भएको बताएकी थिइन् । उनले एक अन्तर्वार्तामा भनेकी थिइन् – सुशान्तविरुद्ध जाल रचिएको थियो, जसले गर्दा सुशान्तको करिअर ध्वस्त बनोस् ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  २ : २४ बजे

भक्तपुरमा पञ्चदान पर्वको रौनक (तस्बिरहरू)

भक्तपुर– बौद्ध धर्मावलम्बी नेवार समुदायको महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व पञ्चदान

राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस

 काठमाडौं- राष्ट्रियसभाको आजको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको

सरकारलाई राष्ट्रपति पौडेलको सुझाव : बाढीपीडित व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाऊँ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीप्रभावितहरूको तत्काल व्यवस्थापन, सडक तथा

बालबालिकालाई सामाजिक सञ्जालमा ईयुको कडाइ

एजेन्सी– बालबालिकालाई अनलाइन जोखिमबाट जोगाउन युरोपेली सङ्घ (ईयु) ले सामाजिक

बालेनलाई रविको निर्देशन : बाढीपीडितको अपमान गर्नेलाई सरकार निर्मम छ भन्ने देखाउनुस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री