त्रिवि शिक्षण अस्पतालमा उपचाररत कोरोना संक्रमित चिनियाँ नागरिकको मृत्यु « Khabarhub

त्रिवि शिक्षण अस्पतालमा उपचाररत कोरोना संक्रमित चिनियाँ नागरिकको मृत्यु


७ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोना संक्रमित चिनियाँ नागरिक ४८ वर्षे महिला रहेको अस्पतालले जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक डाक्टर रोहित पोखरेलले अस्पतालमा उपचारका एकजना चिनियाँ नागरिकको मृत्यु भएको पुष्टि गरे ।

डा पोखरेलका अनुसार मृत्यु भएकी चिनियाँ नागरिक ४८ वर्षकी महिला हुन् । उनी हिजोमात्र ग्राण्डी अस्पतालबाट त्रिवि शिक्षण अस्पतालमा रेफर भएकी थिइन् । ग्राण्डी अस्पतालमा नै कोरोना पुष्टि भएर टिचिङ अस्पतालमा रेफर भएकी उनको आज बिहान मृत्यु भएको निर्देशक डा पोखरेलले खबरहबलाई बताए ।

डा पोखरेलका अनुसार ती महिलामा मुटु सम्बन्धि रोग पनि थियो । “४८ वर्षको चिनियाँ नागरिक महिला आज बिहान एक्स्पायर हुनुभयो,” डा पोखरेलले खबरहबसँग भने, “कोरोना पोजेटिभ हुनुहुन्थ्यो, ग्राण्डीबाट हिजो रेफर भएर हामीकहाँ भर्ना हुनुभएको थियो । उहाँलाई मुटुको रोग थियो । उहाँको शव अस्पतालमै राखिएको छ ।”

ती महिलाको शव शिक्षण अस्पतालमै राखिएको र दूतावाससँग समन्वयको काम भइरहेको अस्पतालले जनाएको छ।

विदेशी महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको आधिकारिक पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने गरेको छैन ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  ३ : २५ बजे

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने

दीपकले ‘परान’बाट तोडे यी निर्देशकको रेकर्ड

काठमाडौं – टेलिसिरियल ‘सक्किगोनी’ टिमले बनाएको फिल्म ‘लाज शरणम्’बाटै दीपक