त्रिवि शिक्षण अस्पतालमा उपचाररत कोरोना संक्रमित चिनियाँ नागरिकको मृत्यु « Khabarhub

त्रिवि शिक्षण अस्पतालमा उपचाररत कोरोना संक्रमित चिनियाँ नागरिकको मृत्यु


७ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोना संक्रमित चिनियाँ नागरिक ४८ वर्षे महिला रहेको अस्पतालले जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक डाक्टर रोहित पोखरेलले अस्पतालमा उपचारका एकजना चिनियाँ नागरिकको मृत्यु भएको पुष्टि गरे ।

डा पोखरेलका अनुसार मृत्यु भएकी चिनियाँ नागरिक ४८ वर्षकी महिला हुन् । उनी हिजोमात्र ग्राण्डी अस्पतालबाट त्रिवि शिक्षण अस्पतालमा रेफर भएकी थिइन् । ग्राण्डी अस्पतालमा नै कोरोना पुष्टि भएर टिचिङ अस्पतालमा रेफर भएकी उनको आज बिहान मृत्यु भएको निर्देशक डा पोखरेलले खबरहबलाई बताए ।

डा पोखरेलका अनुसार ती महिलामा मुटु सम्बन्धि रोग पनि थियो । “४८ वर्षको चिनियाँ नागरिक महिला आज बिहान एक्स्पायर हुनुभयो,” डा पोखरेलले खबरहबसँग भने, “कोरोना पोजेटिभ हुनुहुन्थ्यो, ग्राण्डीबाट हिजो रेफर भएर हामीकहाँ भर्ना हुनुभएको थियो । उहाँलाई मुटुको रोग थियो । उहाँको शव अस्पतालमै राखिएको छ ।”

ती महिलाको शव शिक्षण अस्पतालमै राखिएको र दूतावाससँग समन्वयको काम भइरहेको अस्पतालले जनाएको छ।

विदेशी महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको आधिकारिक पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने गरेको छैन ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  ३ : २५ बजे

आयल निगमको घाटा अझै उच्च, जटिल परिस्थिति बुझिदिन उपभोक्तालाई आग्रह

काठमाडौं- नेपाल आयल निगमले सामाजिक सञ्जालमा पेट्रोलियम पदार्थको मूल्यका विषयमा

पिउने पानीको बोतलमा प्लास्टिकको ‘नेक-सील’ प्रतिबन्ध, जारमा अनिवार्य लेबलिङ्ग गर्नुपर्ने

काठमाडौं– नेपाल सरकारले बजारमा उपलब्ध हुने पिउने पानीको गुणस्तर सुनिश्चित

चोरी भएका दुईपाङ्ग्रे साधन सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं–  काठमाडौं उपत्यका ट्राफिक प्रहरीले चोरी भएका र हराएका मोटरसाइकल तथा

झगडा छुट्याउन छाडेर खिच्छन् भिडियो, मर्दै गएको हो नेपाली समाजको मानवीयता ?

काठमाडौं- चैत २५ गते ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा ललितपुर