आज १०० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १८ हजार ९४ पुग्यो « Khabarhub

आज १०० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १८ हजार ९४ पुग्यो


७ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा बुधबार थप १०० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

पछिल्लो २४ घण्टामा थप २०७  जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १२ हजार ६८४ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

५ हजार ३७० जना सक्रिय संक्रमितको संख्या रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४२ पुगेको छ ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  ४ : २९ बजे

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर– टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका

चिसोबाट दमरोगीलाई कसरी बचाउने ?

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये

गर्भावस्थामा यी तिन खानेकुरा नखाएकै राम्रो 

काठमाडौं– कफीः कफीमा क्याफिन भन्ने तत्त्व हुन्छ । गर्भवती आमाले कफी

एमालेकै एजेन्डामा कांग्रेस, बहुमत पूर्वसांसदहरूको हस्ताक्षर सर्वोच्चमा बुझाइँदै

काठमाडौं– देशका दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेस