काठमाडौं उपत्यकामा थपिए तीन संक्रमित « Khabarhub

काठमाडौं उपत्यकामा थपिए तीन संक्रमित


७ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज काठमाडौं उपत्यकामा ३ जना कोरोना संक्रमित थपिएका छन् । आज काठमाडौंकै मात्र ३ जना थपिएका हुन् भने ललितपुर र भक्तपुरमा संक्रमित थपिएका छैनन् ।

अब काठमाडौं उपत्यकामा कोरोना संक्रमितको कूल संख्या ३८३ पुगेको छ । जसमा काठमाडौंमा २५८ जना, ललितपुरमा ७८ र भक्तपुरमा ४७ जना रहेका छन् ।

नेपालमा कोरोना भाइरस (कोभिड—१९) संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धनुषाका ६० वर्षिय पुरुष र ४९ वर्षिय चिनियाँ महिलाको कोरोनाले मृत्यु भएको मन्त्रालयले आज पुष्टि गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार धनुषाको जनकपुर उपमहानगरपालिका ६० वर्षीय पुरुषको साउन ६ गते निधन भएको हो ।

खोकी, उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि उनी साउन २ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना भएका थिए । सघन उपचारकक्षमा उपचारका क्रममा मृत्यु भएपछि नमुना परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको प्रवक्ता डा. गौतमले बताए ।

यस्तै पोखरामा काम गर्दै आएकी एक ४९ वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई मणिपाल अस्पताल भर्ना गरिएको थियो ।

थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौंको ग्राण्डी अस्पताल ल्याइएकोमा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको थियो ।

कोरोना पुष्टि भएपछि थप उपचारका लागि टिचिङ अस्पताल लगिएकोमा उपचारका क्रममा बुधबार निधन भएको हो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ ।

बुधबार देशका विभिन्न २८ वटा प्रयोगशालाबाट ३ हजार ७ सय ७९ जनाको पीसीआर परीक्षण भएको छ । जसमा १ सय जनामा पोजेटिभ देखिएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ । अहिले विभिन्न अस्पतलाका आइसोलेसनमा ५ हजार ३ सय ७० जना उपचाररत रहेका छन् ।

प्रवक्ता डा. गौतमका अनुसार प्रदेश नम्बर १ मा १ सय १९, प्रदेश नम्बर २ मा १ हजार ८ सय ७८, बागमती प्रदेशमा ४ सय २० र गण्डकी प्रदेशमा ३ सय ८९ जना उपचाररत रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ३ सय ४५, कर्णाली प्रदेशमा २ सय ९० र सुदूरपश्चिम प्रदेशमा १ हजार ९ सय २७ जना संक्रमित उपचाररत रहेका छन् ।

बुधबार २ सय ७ जना डिस्चार्ज भएका छन् । आजसम्म १२ हजार ६ सय ८४ जना संक्रमित निको भएर डिस्चार्ज भएकोमा प्रदेश नम्बर १ मा ७ सय ५२, प्रदेश नम्बर २ मा २ हजार ८ सय ३५, बागमती प्रदेशमा ४ सय ५६ र गण्डकी प्रदेशमा १ हजार २४ जना डिस्चार्ज भएका छन् ।

यस्तै प्रदेश नम्बर ५ मा ३ हजार ८ सय ४८, कर्णाली प्रदेशमा १ हजार ५ सय ६७ र सुदूरपश्चिम प्रदेशमा २ हजार २ सय २ जना संक्रमित निको भएर घर फर्किएका हुन् ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  ५ : २१ बजे

पिउने पानीको बोतलमा प्लास्टिकको ‘नेक-सील’ प्रतिबन्ध, जारमा अनिवार्य लेबलिङ्ग गर्नुपर्ने

काठमाडौं– नेपाल सरकारले बजारमा उपलब्ध हुने पिउने पानीको गुणस्तर सुनिश्चित

चोरी भएका दुईपाङ्ग्रे साधन सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं–  काठमाडौं उपत्यका ट्राफिक प्रहरीले चोरी भएका र हराएका मोटरसाइकल तथा

झगडा छुट्याउन छाडेर खिच्छन् भिडियो, मर्दै गएको हो नेपाली समाजको मानवीयता ?

काठमाडौं- चैत २५ गते ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा ललितपुर

पैठारी गरिने वस्तुमा एमआरपी अनिवार्य, १५ दिनभित्र कार्यान्वयन नगरे कारबाही गरिने

काठमाडौं– सरकारले विदेशबाट पैठारी भई नेपालमा बिक्री वितरण हुने सम्पूर्ण