काठमाडौं- नेपाल ओलम्पिक कमिटी (एनओसी) को कार्यकारी निर्देशकमा चतुरानन्दराज बैद्य नियुक्त भएका छन् ।
एनओसीको उपाध्यक्ष समेत रहेका वैद्यलाई एनओसीका अध्यक्ष जिवनराम श्रेष्ठले बुधबार कार्यकारी निर्देशक नियुक्त गरेका हुन् ।
एनओसीद्वारा आज आयोजित एक कार्यक्रममा एनओसीका अध्यक्ष श्रेष्ठ र कोषाध्यक्ष रतन टन्डनले बैद्यलाई नियुक्तिपत्र हस्तान्तरण गरेका हुन् ।
नेपाल टेबल टेनिस संघ अध्यक्षसमेत रहेका बैद्यलाई एनओसीको इतिहासमै कार्यकारी निर्देशक पदमा पहिलो पटक नियुक्त गरेको हो । यसअघि एनओसीले कार्यकारी निर्देशकको पद राख्ने गरेको थिएन् ।
टेबल टेनिसका पूर्वखेलाडीसमेत रहेका बैद्य विसं २०४६ बाट टेबल टेनिस संघमा आवद्ध रहँदै आएका छन् ।
प्रतिक्रिया