इन्टर मिलानलाई पराजित गर्दै सेभिल्लाले जित्यो युरोपा लिगको उपाधि « Khabarhub

इन्टर मिलानलाई पराजित गर्दै सेभिल्लाले जित्यो युरोपा लिगको उपाधि


६ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इटालियन क्लब इन्टर मिलानलाई पराजित गर्दै स्पेनिस क्लब सेभिल्लाले युरोपा लिग फुटबलको उपाधि जितेको छ ।

जर्मनीमा शुक्रबार राति भएको फाइनलमा इन्टर मिलानलाई ३-२ गोल अन्तरले पराजित गर्दै सेभिल्लाले उपाधि जितेको हो ।

सेभिल्लाको जितमा लुक डी योङले दुई गोल तथा डिएगो कार्लोसले एक गोल गरे । इन्टरका रोमेरो लुकाकु र डिएगो गोडीनले एक/एक गोल गरे पनि जितका लागि पर्याप्त भएन ।

कोलोग्ने स्टेडियममा खेलको पाँचौं मिनेटमा लुकाकुले पेनाल्टीमा गोल गर्दै इन्टरलाई १-० को अग्रता दिलाए पनि त्यो ६ मिनेटभन्दा बढी टिक्न सकेन ।

१२औं मिनेटमा योङले गोल गर्दै सेभिल्लालाई १-१ गोलको बराबरीमा ल्याए । जिसस नाभासको क्रसमा योङले हेड गोल गरेका थिए ।

३३औं मिनेटमा योङले व्यक्तिगत दोस्रो गोल गर्दै सेभियालाई २-१ को अग्रता दिलाए । ३६औं मिनेटमा इन्टरका गोडीनले गोल गर्दै खेल खेल २-२ गोलको बराबरीमा पुर्‍याए ।

खेलको ७४औं मिनेटमा कार्लोसले गोल गर्दै सेभिल्लालाई ३-२ को जित दिलाए । कार्लोसको एक्रोब्याटिक प्रहार इन्टरका लुकाकुलाई लाग्दै गोलमा परिणत भएको थियो ।

यससँगै सेभिल्लाले छैटौं पटक युरोपा लिगको उपाधि जित्न सफल भएको छ । सेभिल्ला ६ पटक युरोपा लिग जित्ने एक्लो टिम हो ।

पछिल्लो पटक सेभिल्लाले २०१६ मा युरोपा लिग जितेको थियो । इन्टरले सन् १९९८ यता युरोपा लिग जितेको छैन ।

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार  ६ : ०० बजे

एउटा युग, दुई नायक : बिदाइ किन फरक ?

फुटबलको पछिल्लो दुई दशक सम्झिँदा दुई नाम स्वतः अगाडि आउँछन्-लियोनेल

पोखरामा स्कुल बस दुर्घटना : ५ जनाको मृत्यु, १४ जना घाइते

काठमाडौं- कास्कीको पोखरामा स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थी र एक

उखु किसानलाई एक अर्ब ५० करोड अनुदान

काठमाडौं– सरकारले उखु किसानलाई एक अर्ब ५० करोड अनुदान प्रदान

मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज