पाकिस्तानविरूद्धको तेस्रो टेस्टमा इंग्ल्यान्डको उत्कृष्ट प्रदर्शन « Khabarhub

पाकिस्तानविरूद्धको तेस्रो टेस्टमा इंग्ल्यान्डको उत्कृष्ट प्रदर्शन


६ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – पाकिस्तानविरुद्धको अन्तिम तथा तेस्रो टेस्टमा  इंग्ल्यान्डले उत्कृष्ट प्रदर्शन गरेको छ ।

साउथह्याम्पटनको द रोज बलमा टस जितेर तेस्रो टेष्टको पहिलो इनिङ्समा पहिले ब्याटिङ थालेको इंग्ल्यान्डले पहिलो दिनको खेल सकिदा ४ विकेटको क्षतिमा ३ सय ३२ रन जोडेको छ ।

जाक क्रलेले शतकीय इनिङ्स खेलेपछि शुक्रबार इंग्ल्यान्डले उत्कृष्ट सुरुवात गरेको हो ।

पहिलो टेस्ट शतक बनाएका क्रले १ सय ७१ रन बनाएर क्रिजमा रहेका छन् । जोस बट्लर ८७ रनको अर्धशतकीय इनिङ्स खेल्दै क्रलेलाई साथ दिईरहेका छन् ।

यसअघि कप्तान जोय रुट २९ तथा डम सिब्ली २२ रनमा आउट भएका थिए । रोरी ब्रुन्स ६ र ओली पोप ३ रनमा आउट भएपनि क्रले र बट्लरले इंग्ल्यान्डको इनिङ्स सम्हालिरहेका छन् ।

पाकिस्तानका यासिर शाहले २ तथा शहिन अफ्रिदीले १ विकेट लिए । दुई टिमबीचको यो टेस्ट निर्णायक हुनेछ ।

तीन खेलको सिरिजमा इंग्ल्यान्ड १-० ले अघि रहेको छ । यसअघि दोस्रो टेस्ट वर्षाले रोकिएपछि बराबरी भएको थियो ।

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार  ६ : ५७ बजे

पाकिस्तानमा पोलियो सङ्क्रमण आधा घट्यो

एजेन्सी– पाकिस्तानले सन् २०२५ मा पोलियोका घटनाहरू अघिल्लो वर्षको तुलनामा

अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकता : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले वर्तमान राजनीतिक

बाँकेमा बीस नयाँ मतदान केन्द्र कायम

नेपालगन्ज– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

थाइल्यान्डद्वारा १८ जना कम्बोडियाली सैनिक रिहा

एजेन्सी– दुई राष्ट्रहरू बिचको नयाँ युद्धविरामले उनीहरूको विवादित सीमामा लामो