कैलालीका भन्सार कार्यालयले उठाए लक्ष्यभन्दा बढी राजश्व « Khabarhub

कैलालीका भन्सार कार्यालयले उठाए लक्ष्यभन्दा बढी राजश्व


६ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली – कैलालीस्थित भन्सार कार्यालय र आन्तरिक राजश्व कार्यालयले आर्थिक वर्षको पहिलो महिना साउनमा लक्ष्यभन्दा बढी राजश्व उठाउन सफल भएका छन् ।

सत्ती भन्सार कार्यालय खक्रौला, कैलाली भन्सार कार्यालय धनगढी र आन्तरिक राजश्व कार्यालय कैलालीमा लक्ष्यभन्दा बढी राजश्व सङ्कलन भएको हो ।

सत्ती भन्सार कार्यालय खक्रौलामा साउन महिनाको राजश्व लक्ष्यभन्दा ५७५ प्रतिशत बढी असूली भएको छ । भन्सारले साउनका लागि ३६ लाख ३९ हजार राजश्व उठाउने लक्ष्य राखेकोमा दुई करोड नौ लाख १४ हजार सङ्कलन भएको भन्सार प्रमुख रामराजप्रसाद चौरसियाले जानकारी दिए ।

‘भन्सार छली, चोरी पैठारी कम भएको छ’, भन्सार अधिकृत चौरसिया भने, ‘दुई किलोमिटरमा सशस्त्र प्रहरी र भन्सारमा २४ सै घण्टा नेपाल प्रहरीको निगरानीले राजश्व सङ्कलन बढेको हो ।’

नाकामा खुलारुपमा आवतजावत बन्द भएपछि आवश्यक सामान भन्सारकै बाटो आउने गरेकाले राजश्व वृद्धिमा थप सहयोग पुगेको चौरसियाले बताए ।

दुई वर्षअघि स्तरोन्नति भएको सत्ती भन्सारले गत आवभरिमा पाँच करोड ८० लाख ७ हजार मात्रै राजश्व उठाएको थियो । यस वर्ष ६ करोड सात लाखको लक्ष्य राखेको छ ।

कैलाली भन्सार कार्यालयले पनि पहिलो महिनामा लक्ष्यभन्दा बढी राजश्व उठाएको छ । साउन महिनामा ४८ करोड ३२ लाख राजश्व उठाउने लक्ष्य राखिएकोमा रु ५७ करोड ७२ लाख राजश्व उठेको भन्सार अधिकृत डिल्लीराज शर्माले जानकारी दिए ।

लामो समयको लकडाउनले रोकिएको आयात बढेकाले राजश्व २० प्रतिशतले बढेको उनले बताए ।

यस्तै आन्तरिक राजश्व कार्यालय कैलालीले पनि साउन महिनामा लक्ष्यभन्दा २६ प्रतिशत बढी राजश्व उठाएको छ ।

साउनका लागि रु ५५ करोड २१ लाख ८२ हजार लक्ष्य राखेकामा रु ६९ करोड ५२ लाख ७८ हजार राजश्व सङ्कलन भएको प्रमुख कर अधिकृत चन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार  ८ : ४८ बजे

प्रधानन्यायाधीशको मर्यादाक्रम घटाउने विधेयकले न्यायालय तरंगित

काठमाडौँ- प्रधानन्यायाधीशको मर्यादाक्रम घटाउने प्रस्तावसहितको विधेयकप्रति सर्वोच्च अदालतका न्यायाधीशहरूले चिन्ता

फिल्म क्षेत्रको अनुभव साट्न नायक श्रेष्ठले पोडकास्ट चलाउने

काठमाडौँ- नेपाली सिनेमाका सुपरस्टार शिव श्रेष्ठले ‘शिव दाइ’ नामको पोडकास्ट

सरकार बिस्तारबारे गठबन्धनमा आज छलफल हुँदै 

काठमाडौँ- सत्तारुढ गठबन्धनको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री

सर्‍यो कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक 

काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सरेको छ

आजको मौसम : देशका पहाडी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ – हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य