अन्नपूर्णको काखमा मुस्कुराएको घान्द्रुक (फोटो फिचर) | Khabarhub Khabarhub

अन्नपूर्णको काखमा मुस्कुराएको घान्द्रुक (फोटो फिचर)



कास्कीको अन्नपूर्ण गाउँपालिकाको गुरुङ गाउँ ‘घान्द्रुक’ पर्यटकको आकर्षणको केन्द्र बनिरहेको छ ।

समुद्र सतहदेखि एक हजार नौ सयको उचाइमा रहेको कास्की जिल्लाको उत्तरमा अन्नपूर्ण पदयात्रा मार्गमा पर्ने घान्द्रुकबाट अन्नपूर्ण हिमाल, माछापुच्छ्रे, गंगापूर्ण, हिमचुली जस्ता हिमाललाई नजिकैबाट दृष्यावलोकन गर्न सकिन्छ ।

घान्द्रुक गाउँको उत्तरमा अन्नपूर्ण आधार शिविरसम्म र पश्चिममा घोरेपानी–पुनहिल पदयात्रा पनि घान्द्रुकबाट शुरु हुने भएकाले अन्नपूर्ण पर्यटकीय हिसाबले यो निकै महत्वपूर्ण छ ।

पोखरा बाग्लुङ सडक खण्डको नयाँपुल ओर्लेर बिरेठाँटी बजारबाट उल्लेरी हुँदै अन्नपूर्ण पदयात्रामा निस्कने पर्यटकहरुका लागि उत्कृष्ट गन्तब्य हो घान्द्रुक । पुनहिल पुग्न सबैभन्दा छोटो पदमार्ग पनि यहि नै मानिन्छ ।

पुसमाघको बेला जब हिमपात हुन्छ, त्यतिबेला घान्द्रुक आउने पर्यटकहरु अन्नपूर्ण हिमालमै पाइला टेकेको महशुस गर्छन् ।

ढुंगाको बाटो, ढुंगाकै छपनी

बाक्लो गुजुमुज्ज परेका ढुंगेघर, ढुंगाकै बाटो, ढुंगाकै छपनी, ढुंगाकै स्लेट छापिएका आँगन घान्द्र्रुकको एउटा विशेषता हो ।

चानेदेखि पन्चेसम्मको मूल बाटो ठुला ठुला आकारका ढुंगाका छपनीहरुले छाएका छन् भने गाउँ भित्रको बाटोमा पनि सबै ढुंगा छापिएका छन् । यसैले कुनै बेला घान्द्रुक ढुंगेनी गाउँले चिनिने गरेको नारायणसिंह गुरुङ्को बुझाइ छ ।

घान्द्रुक होमस्टे पर्यटकको आकर्षण

नेपालकै नाम चलेका ग्रामीण पर्यटकीय होमस्टे मध्ये घान्द्रुकको होमस्टे पनि एक हो । यहाँ आएका पर्यटक होमस्टे बसाइमा निकै रमाउन चाहन्छन् । गुरुङ समुदायको बसोबास रहेको घान्द्रुकमा प्रशस्त गुरुङ होमस्टे छन् भने केही दलित समुदायले पनि होमस्टे सञ्चालन गर्दै आएका छन् ।

सस्तो बसाइ र घरपरिवारसँगै रमाएर घर परिवारसँग बसेर खान पाइने भएकाले पनि यहाँ आउने पर्यटकको रोजाइमा होमस्टे पर्ने गरेको छ । बाक्लो बस्ती रहेको पुरानो घान्द्रुक गाउँबाट १० मिनेटको उचाईतिर लाग्यो गुरुङ होमस्टे भेटिन्छ ।

नयाँ पुलबाट बिरेठाँटी बजारहुँदै १० किलोमिटरको दुरी किम्चेसम्म साना तथा ठूला सवारी पनि सञ्चालन भइरहेका छन् भने पदयात्रामा रमाउनेहरु तथा अन्नपूर्ण घारेपानी पदयात्री डेड घण्टाको पैदल यात्रामा घान्द्रुक पुग्न सक्दछन् ।

उत्तरमा अन्नपूर्ण हिमाल, पूर्वमा मोदिखोला, दक्षिणमा सार्धिखोला, र पश्चिममा म्याग्दी जिल्लाको सीमानामा रहेको घान्द्रुकका पुर्खा सिकलेस, गोर्खा र लमजुङबाट आएका थिए ।

मेश्रमवराह, तौजीवराह, पोज नेबवराह, कोटडाँडा, गुम्बा, ङयोवराह तालले पनि पर्यटकलाईं आकर्षण गरिरहेको छ ।

नेपालकै दुर्लभ घाटु नाचको अवलोकन

नेपालकै दुर्लभ घाटु नाच घान्द्रुकको पर्यटक आकर्षण गर्ने मुख्य संस्कृति हो । आन्तरिक पर्यटक होस् वा बाह्य पर्यटक घान्द्रुक आउने जोकोहीले पनि घाटु नाच हेरेर मनोरञ्जन गर्ने अवसर प्राप्त गर्छन् ।

माओवादी शान्ति प्रक्रियामा आएपछि तत्कालिन माओवादीका नेता पुष्पकमल दाहाल प्रचण्डले यहि घान्द्रु्कमा आउँदा लगाएको गुरुङ पहिरनको तस्विर निकै चर्चित बनेको थियो ।

प्रचण्डले दुई वर्षअघि २०७५ जेठमा घान्द्रुकमा आयोजना गरिएको अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवमा उपस्थित भएर घान्द्रुकसम्म बाटो पिच गराइदिने प्रतिवद्धता पनि जाहेर गरेका थिए । त्यतिबेला प्रचण्ड आफ्नी पत्नी सीतालाई घोडा चढाएर घान्द्रुक पुगेका थिए ।

यद्यपी घान्द्रुकसम्म कालोपत्रे गरिदिने प्रचण्डको प्रतिबद्धता त अहिलेसम्म पूरा भएको छैन तर अन्नपूर्ण पदमार्गको प्रस्थान बिन्दु घान्द्रुकको विकासका लागि यहाँका गुरुङ समुदायको गति भने कम्ती प्रशंशायोग्य छैन ।

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार  ११ : ४१ बजे

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड

सुदूरपश्चिमका मुख्यमन्त्रीले २१ गते विश्वासको मत लिने

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले यही वैशाख २१