अन्नपूर्णको काखमा मुस्कुराएको घान्द्रुक (फोटो फिचर) « Khabarhub

अन्नपूर्णको काखमा मुस्कुराएको घान्द्रुक (फोटो फिचर)



कास्कीको अन्नपूर्ण गाउँपालिकाको गुरुङ गाउँ ‘घान्द्रुक’ पर्यटकको आकर्षणको केन्द्र बनिरहेको छ ।

समुद्र सतहदेखि एक हजार नौ सयको उचाइमा रहेको कास्की जिल्लाको उत्तरमा अन्नपूर्ण पदयात्रा मार्गमा पर्ने घान्द्रुकबाट अन्नपूर्ण हिमाल, माछापुच्छ्रे, गंगापूर्ण, हिमचुली जस्ता हिमाललाई नजिकैबाट दृष्यावलोकन गर्न सकिन्छ ।

घान्द्रुक गाउँको उत्तरमा अन्नपूर्ण आधार शिविरसम्म र पश्चिममा घोरेपानी–पुनहिल पदयात्रा पनि घान्द्रुकबाट शुरु हुने भएकाले अन्नपूर्ण पर्यटकीय हिसाबले यो निकै महत्वपूर्ण छ ।

पोखरा बाग्लुङ सडक खण्डको नयाँपुल ओर्लेर बिरेठाँटी बजारबाट उल्लेरी हुँदै अन्नपूर्ण पदयात्रामा निस्कने पर्यटकहरुका लागि उत्कृष्ट गन्तब्य हो घान्द्रुक । पुनहिल पुग्न सबैभन्दा छोटो पदमार्ग पनि यहि नै मानिन्छ ।

पुसमाघको बेला जब हिमपात हुन्छ, त्यतिबेला घान्द्रुक आउने पर्यटकहरु अन्नपूर्ण हिमालमै पाइला टेकेको महशुस गर्छन् ।

ढुंगाको बाटो, ढुंगाकै छपनी

बाक्लो गुजुमुज्ज परेका ढुंगेघर, ढुंगाकै बाटो, ढुंगाकै छपनी, ढुंगाकै स्लेट छापिएका आँगन घान्द्र्रुकको एउटा विशेषता हो ।

चानेदेखि पन्चेसम्मको मूल बाटो ठुला ठुला आकारका ढुंगाका छपनीहरुले छाएका छन् भने गाउँ भित्रको बाटोमा पनि सबै ढुंगा छापिएका छन् । यसैले कुनै बेला घान्द्रुक ढुंगेनी गाउँले चिनिने गरेको नारायणसिंह गुरुङ्को बुझाइ छ ।

घान्द्रुक होमस्टे पर्यटकको आकर्षण

नेपालकै नाम चलेका ग्रामीण पर्यटकीय होमस्टे मध्ये घान्द्रुकको होमस्टे पनि एक हो । यहाँ आएका पर्यटक होमस्टे बसाइमा निकै रमाउन चाहन्छन् । गुरुङ समुदायको बसोबास रहेको घान्द्रुकमा प्रशस्त गुरुङ होमस्टे छन् भने केही दलित समुदायले पनि होमस्टे सञ्चालन गर्दै आएका छन् ।

सस्तो बसाइ र घरपरिवारसँगै रमाएर घर परिवारसँग बसेर खान पाइने भएकाले पनि यहाँ आउने पर्यटकको रोजाइमा होमस्टे पर्ने गरेको छ । बाक्लो बस्ती रहेको पुरानो घान्द्रुक गाउँबाट १० मिनेटको उचाईतिर लाग्यो गुरुङ होमस्टे भेटिन्छ ।

नयाँ पुलबाट बिरेठाँटी बजारहुँदै १० किलोमिटरको दुरी किम्चेसम्म साना तथा ठूला सवारी पनि सञ्चालन भइरहेका छन् भने पदयात्रामा रमाउनेहरु तथा अन्नपूर्ण घारेपानी पदयात्री डेड घण्टाको पैदल यात्रामा घान्द्रुक पुग्न सक्दछन् ।

उत्तरमा अन्नपूर्ण हिमाल, पूर्वमा मोदिखोला, दक्षिणमा सार्धिखोला, र पश्चिममा म्याग्दी जिल्लाको सीमानामा रहेको घान्द्रुकका पुर्खा सिकलेस, गोर्खा र लमजुङबाट आएका थिए ।

मेश्रमवराह, तौजीवराह, पोज नेबवराह, कोटडाँडा, गुम्बा, ङयोवराह तालले पनि पर्यटकलाईं आकर्षण गरिरहेको छ ।

नेपालकै दुर्लभ घाटु नाचको अवलोकन

नेपालकै दुर्लभ घाटु नाच घान्द्रुकको पर्यटक आकर्षण गर्ने मुख्य संस्कृति हो । आन्तरिक पर्यटक होस् वा बाह्य पर्यटक घान्द्रुक आउने जोकोहीले पनि घाटु नाच हेरेर मनोरञ्जन गर्ने अवसर प्राप्त गर्छन् ।

माओवादी शान्ति प्रक्रियामा आएपछि तत्कालिन माओवादीका नेता पुष्पकमल दाहाल प्रचण्डले यहि घान्द्रु्कमा आउँदा लगाएको गुरुङ पहिरनको तस्विर निकै चर्चित बनेको थियो ।

प्रचण्डले दुई वर्षअघि २०७५ जेठमा घान्द्रुकमा आयोजना गरिएको अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवमा उपस्थित भएर घान्द्रुकसम्म बाटो पिच गराइदिने प्रतिवद्धता पनि जाहेर गरेका थिए । त्यतिबेला प्रचण्ड आफ्नी पत्नी सीतालाई घोडा चढाएर घान्द्रुक पुगेका थिए ।

यद्यपी घान्द्रुकसम्म कालोपत्रे गरिदिने प्रचण्डको प्रतिबद्धता त अहिलेसम्म पूरा भएको छैन तर अन्नपूर्ण पदमार्गको प्रस्थान बिन्दु घान्द्रुकको विकासका लागि यहाँका गुरुङ समुदायको गति भने कम्ती प्रशंशायोग्य छैन ।

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार  ११ : ४१ बजे

अल इन्डिया गोल्डकप खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका र कञ्चनपुर जिल्ला क्रिकेट सङ्घले

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउँदै अमेरिका र इरान

तेहरान – मध्यपूर्व युद्ध सुरु भएको तीन महिनापछि बिहीबार संयुक्त

आजका समाचार : आयोगको प्रतिवेदनले खैलाबैला, रवीन्द्र उत्कृष्ट जीत र मध्यपूर्वमा हानाहान जारी

यूएफसी छनोटमा फिलिपिन्सका प्रतिस्पर्धीलाई सजिलै हराए रवीन्द्र ढाँटलेनेपालका रवीन्द्र ढाँटले

‘होल्डिङ सेल्टरमा बिजोग छ’

काठमाडौं– करिब तीन हप्ताभित्र व्यवस्थापन गर्ने बाचा गरेर सरकारले सुकुम्वासी

अर्थमन्त्रीले राष्ट्रपतिलाई गराए नयाँ बजेटबारे जानकारी

काठमाडौं- अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेललाई आगामी आर्थिक वर्षको