नारायणी अस्पतालमा उपचाररत २ संक्रमितको मृत्यु « Khabarhub

नारायणी अस्पतालमा उपचाररत २ संक्रमितको मृत्यु


६ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा- नारायणी कोभिड १९ अस्पताल वीरगञ्जमा उपचाररत २ कोरोना संक्रमितको मृत्यु भएको छ ।

अस्पतालले दिएको जानकारी अनुसार वीरगञ्ज महानगरपालिका वडा नम्बर २६ सुगौली विर्ता बस्ने ५८ वर्षका पुरुष र बहुदरामाइ नगरपालिका ४ डोर्केलाका ६१ वर्षीय पुरुषको ज्यान गएको हो ।

ट्राभल हिस्ट्री नहरेका सुगौली विर्ताका ५८ वर्षे पुरुषमा खोकी र स्वासप्रश्वास सम्बन्धी समस्या देखिएपछि अस्पताल ल्याइएको थियो उनको गत भदौ ४ गते गरिएको स्वास्थ्य परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो ।

कोरोना पोजेटिभ देखिएपछि आइसीयू र भेन्टिलेटरमा उपचार गराइरहेका ती पुरुषको शुक्रबार राति ८:५ बजे मृत्यु भएको थियो ।

त्यस्तै डोर्केलाका ६१ वर्षीय पुरुषको आज बिहान निधन भएको हो । भदौ ३ गते गरिएको स्वास्थ्य परीक्षणमा उनमा पनि कोरोना देखिएको थियो । भदौ ४ गतेदेखि आईसीयू र भेन्टिलेटरमा राखेर उपचार गराइरहेका उनको बिहान ७:१० बजे निधन भएको हो । उनमा पनि खोकी र स्वासप्रश्वास सम्बन्धी समस्या देखिएपछि अस्पताल ल्याइएको थियो ।

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार  ११ : १२ बजे

१४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, ३५ विधेयक दर्ता, २० विचाराधीन र ११ प्रमाणीकरण

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि

कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

ताइवान आइपुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट

एजेन्सी- चीनसँग तनाव जारी रहेका बेला अमेरिकाबाट खरिद गरेका ६६

काठमाडौंमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना

चीन र स्पेनबीच निकटता बढ्दा ईयू सदस्य राष्ट्रमा आक्रोश चर्किँदै

काठमाडौं- युरोपेली संघले चीनबाट आयात हुने विद्युतीय सवारी साधनमाथि थप