अछामका बाढी पीडित भन्छन्- सुतेको कोठाबाट भागेर जोगियो ज्यान | Khabarhub Khabarhub

अछामका बाढी पीडित भन्छन्- सुतेको कोठाबाट भागेर जोगियो ज्यान


६ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम- अछामको रमारोशन गाउँपालिका–५ को कैलाश खोलामा आएको बाढीले निम्त्याएको बितण्डाबाट वडाध्यक्ष लक्ष्मण दमाइले मुस्किलले आफ्नो ज्यान जोगाउन सफल भए ।

उन मुजाबगरस्थित खोला छेउमा रहेको एक होटलमा बास बसेको दिन मंगलबार राति १२ बजेको समयमा खोलामा बाढीको बितण्डा मच्चिएको थियो ।

मुजाबगरदेखि दुई किलोमिटरको दूरीमा उत्तरतर्फ सोही खोलाको छेउमा रहेको सैनीबजारमा बाढीले ठूलो धनजनको क्षति पुर्‍याएको छ ।

‘राति एक्कासि गड्याङगुडुङको ठूलो आवाज सुनिएपछि होटलको भुइँतलामा सुतेका सबैलाई ब्युँझाउन थाले’, दमाइले भने, ‘ढुङ्गा माटो सहितको बाढी होटलभित्र पस्न थालेपछि होटलको माथिल्लो तल्ला हुँदै ढोका तोडेर जमीनको अग्लो भागतिर हामफालेर ज्यान जोगायौँ ।’

भुइँतलाको कोठामा सुतेका अन्य तीन जनालाई ब्युँझाएर ज्यान जोगाउन खोज्दा आफ्ना तीनवटा झोला बाढीमा बगेको उनले बताए । रमारोशन गाउँपालिका हुँदै बग्ने कैलाश खोला छेउमा सैनीबजार, खालबजार र मुजाबगर बजार छन् । बाढीपछि सैनी बजारका १७ जना बेपत्ता भएकामा छजना मृत भेटिएका छन् ।

रामारोशन गाउँपालिका–५ सैनी बजारका २२ वर्षीया बबिता बुढासाउद, ४५ वर्षीय अम्मर साउद, घाइते हिक्मतबहादुर शाहकी ३० वर्षीया श्रीमती गौरी शाह, ४८ वर्षीय चन्द्र साउद र नन्दु साउँदका १२ वर्षीय छोरा नवीन साउद तथा पञ्चदेवल विनायक नगरपालिकाकाकी ४५ वर्षीया लालसरा शाहीको शव फेला परेको थियो ।

बाढीमा परी बेपत्ता हुनेमा रमारोशन–५ सैनीबजारका ४७ वर्षीय नन्दु साउद, उनकी श्रीमती ४५ वर्षीया गङ्गा साउद, छोरा २३ वर्षीय रुपेश साउद, नातिनी प्राप्ति साउद र सासू आमा बीमादेवी साउद, सोही ठाउँका ५५ वर्षीया जोगा साउद र ४० वर्षीया पवित्रादेवी शाह छन् ।

यसैगरी समीर शाह, सम्झना शाह, वसुन्धरा साउद र वसन्त शाही पनि बेपत्ता छन् । बेपत्ताको खोजी भइरहेको भए पनि खोला ढुङ्गा लेदो माटोले पुरिएकाले बेपत्ता हुनेहरुलाई भेटाउने सम्भावना नदेखिएको जनाइएको छ ।

बाढीका कारण सैनीबजारमा रहेको हातेकागज उद्योग, अध्ययन केन्द्र, तरकारी सङ्कलन केन्द्रको घरसहित जम्मा २५ घरपसल बगाएको छ । सैनीबजारमा राति सुतिरहेकामध्ये हिक्मतबहादुर शाहको मात्र ज्यान जोगिएको छ ।

बाढीले घर भत्काउँदा घाइते भएका शाहकी दुई श्रीमतीलाई बाढीले बगाएको थियो । कान्छी श्रीमतीको शव फेला परेकामा जेठी श्रीमतीको अवस्था आजसम्म अज्ञात छ ।

बजारदेखि नजीकै रहेको अग्लो भूभागमा नेराकोटा र सेरी गाउँ छ । यी गाउँका बासिन्दाको सैनीबजारमा रहेका आफ्ना घरपसलमा दिउँसोको समयमा व्यापार–व्यवसाय गरेर राति गाउँ फर्किन्छन् । बाढी पसेको मङ्गलबार राति भने सैनीबजारमा १८ जना बसेका थिए ।

यीमध्ये हिक्मतबहादुर शाह घाइते अवस्थामा भेटिएका थिए ।

रातिको समयमा नसोचेको घटना हुँदा धनजनको ठूलो क्षति हुन पुगेको गाउँपालिकाकी उपाध्यक्ष सरस्वती रावलले बताए । रावलले उक्त घटनामा सैनीबजारका नन्दु साउदसहित उनका परिवारका आठजना बेपत्ता भएको बताए । ‘फेला परेका शवको बिहीबार राति ११ बजे दाहसंस्कार गर्‍यौँ”, रावलले भने, ‘११ जनाको अवस्था अझै अज्ञात छ ।’

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार  ७ : ५१ बजे

भारतको लगानीमा चितवनमा सामुदायिक विकास परियोजनाको निर्माण

काठमाडौं- ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत चितवनको खैरहनी नगरपालिकामा निर्माण गरिएको

‘ऊर्जामा भू-राजनीतिक प्रभाव व्यवस्थापन गरौं, प्रसारण सञ्जाल बढाऔं’

काठमाडौं– नेपालमा ऊर्जा क्षेत्रको विकास र क्षेत्रीय ऊर्जा व्यापारका लागि

पूर्वाञ्चल विश्वविद्यालयकाे १२औँ दीक्षान्त समारोह : सात हजार विद्यार्थी दीक्षित

सुन्दरहरैँचा– पूर्वाञ्चल विश्वविद्यालयको १२०औँ दीक्षान्त समारोहमा विभिन्न सङ्कायबाट अध्ययन पूरा

भोजपुर गोल्डकप : चर्च ब्जाइज फाइनलमा, आर्मीसँग उपाधि भिडन्त

भोजपुर – भोजपुरमा जारी सातौँ अन्तराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकपमा

वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने नेपाली टिममा चार खेलाडी थपिए

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान)ले  वेस्ट इन्डिज ए विरुद्धको टी-२०