स्ट्रेट अफ हर्मुजमा ट्याङ्कर र व्यवसायिक जहाजमाथि गोलाबारी « Khabarhub

स्ट्रेट अफ हर्मुजमा ट्याङ्कर र व्यवसायिक जहाजमाथि गोलाबारी


५ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्ट्रेट अफ हर्मुजमा रहेको तेल ट्याङ्कर र व्यवसायिक जहाजलाई लक्षित गरी गोली प्रहार भएको छ । बेलायतको समुद्री व्यापार सञ्चालन एजेन्सी यूकेएमटीओका अनुसार इरानको शक्तिशाली सैन्य दस्ता इस्लामिक रिभलुसनरी गार्ड कोर (आईआरजीसी) का दुई वटा लडाकु डुङ्गाले एउटा ट्याङ्करलाई लक्षित गरी गोली चलाएका हुन् ।

समाचारमा जनाइएअनुसार ओमनको तटबाट २० नौटिकल माइलको दूरीमा उक्त ट्याङ्करमाथि हमला भएको हो । ट्याङ्करका क्याप्टेनका अनुसार ती दुई वटा लडाकु डुङ्गाले रेडियोमार्फत कुनै चेतावनी वा जानकारी नदिई अचानक अन्धाधुन्ध गोली प्रहार गरेका थिए ।

बेलायती निकायले आफ्नो पछिल्लो सूचनामा आक्रमणबाट जहाज र त्यसमा रहेका चालक दलका सदस्यहरू सबै सुरक्षित रहेको जानकारी दिएको छ ।

यसअघि समाचार संस्था रोयटर्सले दुई व्यवसायिक जहाजलाई लक्षित गरी गोली प्रहार भएको जनाएको थियो । यससँगै स्ट्रेट अफ हर्मुजमा थप अनिश्चय पैदा भएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८३, शनिबार  ५ : ०९ बजे

पोलियो अन्त्यको सन्देश बोकेर सम्पदा स्थलमा साइकल यात्री

काठमाडौँ– विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सातवटा विश्व

मानमानेश्वरी भवानीको खड्ग जात्रा सम्पन्न

ललितपुर– पाटनमा मानमानेश्वरी भवानीको ‘पायो’ अर्थात् खड्ग जात्रा सम्पन्न भएको

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ८ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक ८ गते आइतबारको राशिफल

काठमाडौँ– २०८३ साल कात्तिक ८ गते आइतबार सन् २०२६ अक्टोबर

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६