भारतमा थप ७४ हजार जनालाई कोरोना भाइरसको संक्रमण « Khabarhub

भारतमा थप ७४ हजार जनालाई कोरोना भाइरसको संक्रमण


६ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा कोरोना भाइरस संक्रमितको संख्या साढे ५५ लाख नाघेको छ ।

दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै गएको भारतमा पछिल्लो २४ घण्टामा ७४ हजारभन्दा बढीमा संक्रमण देखिएको छ ।

मंगलबार भारतमा ७४ हजार ४९३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५५ लाख ६० हजार १०५ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ४४ लाख ९४ हजार ७२० जना संक्रमणमुक्त भएका छन् भने १० लाख ७६ हजार ४२० जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ८८ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १ हजार ५६ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ८८ हजार ९६५ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ६ : ३१ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु