कतारमा आवासीय अनुमति सकिएको ९० दिनभित्र रोजगारदाता परिवर्तन गर्न पाउने « Khabarhub

कतारमा आवासीय अनुमति सकिएको ९० दिनभित्र रोजगारदाता परिवर्तन गर्न पाउने



दोहा- कतारले आप्रवासी श्रमिकले आफ्नो आवासीय अनुमति (रेजिडेन्सी पर्मिट)सकिएको ९० दिनभित्र रोजगारदाता परिवर्तन गर्न पाउने भएका छन् ।

कतारको आधिकारिक राजपत्रमा प्रकाशित गरिएको नयाँ निर्णय अनुसार प्रवासीहरूले आफ्नो आवासीय अनुमति समाप्त भएको मितिपछिका ९० दिन भित्र पनि आफ्नो काम परिवर्तन गर्न पाउनेछन् ।

रोजगारदाता परिवर्तन गर्न चाहने श्रमिकको आवासीय अनुमति (रेजिडेन्सी पर्मिट)वैध हुनु पर्ने वा श्रमिकको कावु बाहिरको अवस्थामा रहेर त्यस्तो अनुमतिको समयावधि सकिएको ९० दिन नकटेको हुनुपर्ने नयाँ कानूनले स्पष्ट पारेको छ ।

नयाँ निर्णय अनुसार यदि कुनै रोजगारदाताले त्यसरी श्रमिकलाई रोजगारीमा लगाउन चाहेमा नयाँ सम्झौता पत्रसहित आवेदन दिन सक्नेछन् ।

यस सम्बन्धमा भएका प्रक्रियाहरू अनुशरण गरी आप्रबासी कामदारले  प्रशासनिक विकास, श्रम र सामाजिक मामिला मन्त्रालयमा सम्बन्धित विभागलाई जानकारी गराउनु पर्ने जनाइएको छ ।

योसंगै अब नेपाली लगायत अन्य आप्रबासी कामदारले आफ्नो दक्षता अनुसारको काम खोजेर सजिलै कम्पनी परिवर्तन गर्न पाउने भएका छन् ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ८ : २७ बजे

व्यापारिक जहाजलाई अमेरिकाको चेतावनी – खाडी क्षेत्रबाट टाढै रहनू

काठमाडौं – अमेरिकाले आफ्ना व्यापारिक जहाजहरूलाई खाडी क्षेत्रबाट टाढै रहन

विश्वकपको सुपर-८ बाटै बाहिरियो पाकिस्तान, न्युजिल्याण्ड सेमिफाइलनमा

काठमाडौं – पाकिस्तान आईसीसी टी–२० विश्वकप २०२६ बाट बाहिरिएको छ

४९ ड्रोन र मिसाइल आकाशमै निस्तेज पारेको जोडर्नको दाबी

काठमाडौं – जोर्डनको सेनाले शनिबार आफ्नो भूभागलाई लक्षित गरी आएका

इरानमाथि आक्रमणपछि विश्व शक्तिहरूको चासो, संयमता अपनाउन आह्वान

काठमाडौं – संयुक्त राज्य अमेरिका र इजरायलले शनिबार इरानमाथि आक्रमण

दुबईको बुर्ज खलिफा नजिकैको भवनमा इरानी ड्रोन हमला

दुबई- दुबईस्थित विश्वकै अग्लो बुर्ज खलिफा नजिकै इरानले ड्रोन हमला