क्याप्टेन विजय लामाले भने-  कोरोनालाई सामान्य रूपमा नलिऔँ « Khabarhub

क्याप्टेन विजय लामाले भने-  कोरोनालाई सामान्य रूपमा नलिऔँ


६ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना भाइरसको संक्रमणपछि स्टार अस्पतालमा उपचाररत नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामाले आफ्नो स्वास्थ्य सुधार हुँदै गएको बताएका छन् ।

यद्यपि कोरोना संक्रमणलाई सामान्य रुपमा भने नलिन उनले आग्रह गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफ्नो स्वास्थ्यमा उल्लेख्य सुधार भएको चाँडै उडान भर्दै बिदेशमा रहेका नेपालीहरुलाई फर्काउने बताएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘एकदम जटिल अवस्थाबाट पार भै पुनः स्वस्थ बन्दै छु । अबको केही दिनपछि डिस्चार्ज हुने आशा राखेको छु ।’

उनले लेखेका छन्, ‘रगतको नमूना पनि लगेन, नास्ता पनि खाइयो, कमजोरीपनको कतै लक्षण छैन, राति निन्द्रा पनि राम्रै लाग्यो, डाक्टर साबको भनाइ अनुसार मेरो इन्फेक्सन लेभल पनि घटेको अवस्था छ ।’

आफ्नो स्वास्थ्य सुधार हुनुको श्रेय उनले चिकित्सकहरूलाई दिएका छन् । यो सम्भव हुनुको पछाडि अस्पतालका सम्पूर्ण टोलीको योगदान रहेको भन्दै आफ्नो उपचारमा खटिएकाहरुलाई धन्यवाद पनि दिएका छन् ।

कोरोनालाई हल्का रुपमा नलिन र आफ्नो सुरक्षामा नचुक्न सबैलाई उनले आग्रह गरेका छन् । उनले लेखेका छन्, ‘मेरो विनम्र अनुरोध सबैमा बिन्ती छ, यो कोभिडलाई हल्का नलिनु होला । आफ्नो सुरक्षामा कतै नचुक्नु होला । यो सामान्य रोग होइन । यसले ज्यान लिन सक्छ ।’

 

 

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ९ : ५९ बजे

गृहमन्त्री सुधन गुरुङ कार्यकक्षको सोफामै सुते

काठमाडौँ – निरन्तर काममा खटेका गृहमन्त्री सुधन गुरुङ मन्त्रालयमै आराम

एमालेको ‘घाम’ मा ‘बादल’ को छाया

काठमाडौँ – गठबन्धनको ‘गाउँ खाने कथा’ एमालेको ‘घाम’ माथि ‘कालो

भारत-नेपाल सहयोगः सामुदायिक विकासका सात परियोजना कार्यान्वयनको सम्झौता

काठमाडौँ – भारत सरकारले सामुदायिक विकासका सात परियोजना कार्यान्वयन गर्ने

एमाले सचिवालय बैठक बस्दै : बादलको ‘विवादास्पद’ अभिव्यक्तिबारे छलफल हुने

काठमाडौँ – नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आज बस्दै

सडकमा कलम बेच्ने ती बालक, जो पछि करोडौँलाई हँसाउने जोनी लिभर बने

बलिउड सिनेमा उद्योगमा जब कमेडीको चर्चा हुन्छ, सबैभन्दा पहिले सम्झिने