पत्रकार महिलाको निःशुल्क क्यान्सर परीक्षण « Khabarhub

पत्रकार महिलाको निःशुल्क क्यान्सर परीक्षण


२० चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

झापा– नारी सञ्चार गृह र पूर्वाञ्चल क्यान्सर अस्पतालको सहकार्यमा झापाका पत्रकार महिलाको पाठेघरको मुखको निःशुल्क परीक्षण गरिएको छ ।

समयमै क्यान्सर पहिचान गर्न पत्रकार महिलाका लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा एक सातासम्म निःशुल्क परीक्षण र मेमोग्राफीमा विशेष सहुलियत प्रदान गरिएको अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले बताए  ।

बुधबार र बिहीबार ३० जना पत्रकार महिलाले निःशुल्क  सेवा लिएका छन् । उनले स्तन क्यान्सरको जाँचमा ५० प्रतिशत छुट उपलब्ध गराइने जानकारी दिए ।

पूर्वाञ्चल क्यान्सर अस्पतालकी निर्देशक डा अन्जली  प्रसाईँले झापाका पत्रकार महिलाहरूको स्वास्थ्योपचारमा थप सहकार्य गर्न अस्पताल इच्छुक रहेको बताइन् । 

नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशकी उपाध्यक्ष अम्बिका भण्डारीले स्वास्थ्यमा सतर्कता र समयमै रोगको पहिचान गर्नसके क्यान्सर रोग पनि निको हुने बताइन् । 

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार  ११ : ४० बजे

रसुवा विपद्: श्रीमान्‌को खोजीमा १३ दिनदेखि कार्यालय धाउँदै पूजा

जनकपुरधाम – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका इन्जिनियर

पहिरोले महाकाली राजमार्ग अवरुद्ध

बैतडी – बैतडीको दोगडाकेदार गाउँपालिका–५ बिटकममा पहिरो खस्दा महाकाली राजमार्ग

जेनजी आन्दोलनको एक वर्ष : सरकारलाई ‘सही ट्रयाकमा फर्किन’ चेतावनी

काठमाडौँ – जेनजी मुभमेन्ट नेपालले जेनजी आन्दोलनको एक वर्ष पूरा

सामाजिक सञ्जालमा अफवाह र घृणास्पद सामग्री फैलाउनेविरुद्ध प्रहरी आक्रामक

काठमाडौँ – सामाजिक सञ्जालमार्फत गलत सूचना, भ्रामक प्रचार र जातीय

एसिसी प्रिमियर कप : समूह चरणको अन्तिम खेलमा हङकङविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा