दीपिका पादुकोण: टुटेको दिललाई ‘ड्रग्स’ को सहारा ? | Khabarhub Khabarhub

दीपिका पादुकोण: टुटेको दिललाई ‘ड्रग्स’ को सहारा ?


६ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुशान्त सिंह राजपूतको आत्महत्यापछि बलिउडमा ड्रग्स सेवनको विषय सतहमा आएको छ । एनसीबीको अनुसन्धानमा कैयन् बलिउड कलाकार मुछिएका छन् ।

तीमध्ये ड्रग्स लिने गरेको भन्दै दीपिका पादुकोणको नाम पनि जोडिएको छ । दीपिका बलिउडकी सफल हिरोइन मात्र होइनन्, उनी आफ्नो सुन्दरताका साथै बौद्धिक पनि मानिन्छिन् ।

दीपिकाका पिता प्रकाश पादुकोण आफ्नो जमानाका राम्रा ब्याण्डमिन्टन खेलाडी थिए । दीपिका पनि खेलाडी बन्ने धाउन्नमा लामो समय बिताइन् ।

तर, पछि उनले सबै छोडेर अभिनय यात्रा थालिन् । उनलाई यो क्षेत्रमा रुचाइयो पनि ।

बीचमा एउटा यस्तो पनि समय आएको थियो, जुन बेला दीपिकाले डिप्रेसनको सामना गर्नुपरेको थियो ।

यो प्रेमको कारण थियो । रणवीर कपूरसँग ब्रेकअप भएपछि उनी डिप्रेसनमा पुगेकी थिइन् । रणवीर र दीपिकाको प्रेमको खुबै चर्चा हुने गर्थ्यो । दीपिकाले रणवीरलाई यति चाहन्थिन् कि, उनीसँगै घर बसाल्ने सपना देखिन् ।

तर, यो सम्बन्ध लामो समय टिक्न सकेन । उनीहरुको ब्रेकअप भयो ।

यसको कुनै ठोस कारण थिएन । बरु रणवीर दीपिकासँग बिहे गर्न तयार थिएनन् । दीपिकाको जोड भने बिहेमा थियो ।

रणवीरको परिवारलाई पनि दीपिका मन परेको थिएन । जुन कारण यो सम्बन्ध विवाहमा पुग्न सकेन ।

दीपिका र रणवीर अलग भएपछि यसको असर दीपिकालाई झन् बढी पर्‍यो । रोमान्टिक रणवीरलाई यो कुराले खासै प्रभावित पारेन । तर, दीपिकालाई यसले असर पार्‍यो । यसबीचमा उनले आफूलाई भुलाउन अरु विकल्पको खोजी गरिन् ।

पछि दीपिकालाई रणवीर सिंहसँग आफ्नो मन साटिन् । उनीहरुले बिहे गर्न समय लगाएनन् । बिहे गरेपछि रणवीर र दीपिका खुशी छन् ।

यता रणवीर कपूर पनि आलिया भटसँगको प्रेमसम्बन्धका कारण चर्चामा छन् ।

दीपिकाले अतीत भुलेर नयाँ जीवनको शुरुवात गरेकी छिन् । तर, उनीमाथि पुनः ड्रग्स लिएको भन्दै नाम जोडिएको छ ।

वास्तविकतामा जे भए पनि यसले दीपिकाको करिअरमा भने असर पार्न सक्छ ।

-एजेन्सी

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  २ : २५ बजे

साउदी प्रो लिग : अल नासरको जितमा रोनाल्डोको ह्याट्रिक

काठमाडौं– साउदी प्रो लिग फुटबलमा अल नासरले अल वेहडालाई फराकिलो

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको

गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने

चार खेल अगावै ला लिगाको उपाधि रियल मड्रिडलाई

काठमाडौं– स्पेनिस ला लिगा फुटबलको उपाधि रियल म्याड्रिडले जितेको छ

पर्यटन प्रवर्द्धनका लागि तीन धार्मिकस्थललाई जोडिने

खोटाङ– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी–बराहक्षेत्र र पाथीभरालाई जोडेर