पहिलो पटक विदेशी लिग खेल्न लागेका राजेश भन्छन् – यसले मेरो करियर ‘बुस्ट’ गर्नेछ « Khabarhub

पहिलो पटक विदेशी लिग खेल्न लागेका राजेश भन्छन् – यसले मेरो करियर ‘बुस्ट’ गर्नेछ



काठमाडौं – नेपाली फुटबल नोबेल कोरोना भाइरस (कोभिड–१९) ले ठप्प छ । अझै कहिले खुल्छ भन्न सकिने अवस्था छैन । राष्ट्रिय फुटबल टोलीको अभ्यास सुरु गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय खेलकुदपरिषद् (राखेप) मा निवेदन दिएको छ ।

त्यसको जवाफ कहिले आउँछ भन्ने समेत टुङ्गो छैन । यसैबीच दुई नेपाली फुटबल खेलाडी भारतीय दोस्रो डिभिजनको लिगमा व्यस्त छन् ।

राष्ट्रिय टोलीका युवा खेलाडी अभिषेक रिजाल र यु–२३ नेपाली टोलीका खेलाडी राजेश परियार ।

उनीहरु दुवै जना एकै लिगका फरक–फरक क्लबमा आवद्ध भएर अहिले भारतमा छन् । अभिषेक मोहम्देन स्पोटिङ क्लबमा आवद्ध छन् भने राजेश आरा एफसीमा आवद्ध छन् ।

अहिले अभिषेकको टीमको अभ्यास चलिरहेको छ भने राजेशको टीमको भने अझै सुरु भएको छैन । अघिल्लो महिना भारत पुगेका अभिषेक नियमित अभ्यासमा व्यस्त छन् ।

राजेश भने हिजोमात्रै भारत पुगेका छन् । कोलकत्तामा रहेका उनको टीम भने अहमदावादको हो । ललित मेमोरियल कप हुँदै नेपाली यु–२३ राष्ट्रिय टोलीमा स्थान बनाएका उनी पहिलो पटक विदेशी क्लबबाट खेल्दै छन् ।

घरेलु लिगमा न्युरोड टिम एनआरटीको अग्रपङ्ति सम्हालिरहेका उनी भारतमा आफुलाई निखार्ने योजनामा छन् ।

भारतका विभिन्न क्लबदेखि दक्षिण एसियाली देशका विभिन्न क्लबका खेलाडीहरु पनि टिममा रहेकाले आफ्नो खेल निखार्ने अवसरका रुपमा भारत टूरलाई लिएको बताउँछन् राजेश ।

‘पहिलो देश बाहिर लिग खेल्दै छु । यसले मेरो करियरलाई बुस्ट गर्ने मैले सोचेको छु,’ राजेशले सामाजिक सञ्जाल ह्वाट्सएपमा कुरा गर्दै भने, ‘कोरोनाका कारण लामो समय घरमा बसिरहेका बेला अवसर आएपछि भारत आँए ।’

आफ्नो खेल कौशलले नै भारतीय टोलीले आफुलाई छनोट गरेको राजेशले बताए ।

‘मेरो खेलका भिडियोहरु हेरेर यता क्लबबाट फोन आएको हो । अब राम्रो क्लबका लागि राम्रो खेल्ने योजना छ, यसले मेरो करियर बुस्टमा पनि मद्दत गर्नेछ,’ उनले भने ।

मंगलबार कोलकत्ता पुगेका उनी होटेल क्वारेन्टाइनमा बसिरहेका छन् । उनको टोलीले लिगमा आफ्नो पहिलो खेल अक्टोबर ११ खेल्ने तय भइसकेको छ ।

‘अहिलेसम्म अभ्यास सुरु भएको छैन । टीमका अन्य खेलाडीले कस्तो खेल्छन् मलाई खासै जानकारी छैन् । त्यस्तै मैले कस्तो खेल्छु अरुलाई थाहा छैन,’ टोलीको पहिलो रोजाइमा पर्ने विषयमा राजेश भन्छन्, ‘सम्भावनाका कुराहरु अभ्यास सुरु भएपछि मात्रै थाहा हुनेछ ।’

राजेश १८ वर्षको उमेरमा एनआरटीमा आवद्ध भएका हुन् । २० वर्षीय उनले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा यु–२३ टीमबाट डेब्यु गरेका हुन् । तर, राष्ट्रिय टोलीबाट भने डेब्यु भएको छैन् ।

देशका लागि खेल्ने धोको बोकेका उनी अबको छोटो समयमा राम्रो गर्दै नेपालका लागि खेल्ने योजनामा छन् ।

भारतीय लिग खेल्न कोलकत्ता पुगेका उनी क्लब दोस्रो डिभिजनको भएपनि खेलाडी राम्रो भएको बताउँछन् । ‘क्लब दोस्रो डिभिजन भए पनि खेलाडी राम्रा छन् । त्यसैले यहाँ गाह्रो नै छ,’ राजेशले भने ।

सागमा सँगै एउटै टिमबाट खेलेका सहकर्मी भारतमा एक अर्का विरुद्ध मैदान उत्रिँदैछन् । ‘आ–आफ्नो क्लबका लागि खेल्ने हो । त्यस्तो केही हुँदैन,’ उनले भने ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ४ : १० बजे

माहुत समुदाय : परम्परागत पेसा छुट्यो, अभाव र संकट घटेन

राँझा– बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनियास्थित मगन्ताटोलका केलाराम माहुत रोजगारीको खोजीमा

कुनै पनि उम्मेदवारलाई समर्थन गरेको छैन : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले आफ्नो नाम जोडेर विभिन्न

कांग्रेस महाधिवेशन : मतदान गर्न लाइनमा प्रतिनिधि

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान गर्न

दसैंको अग्रिम टिकट लिन नयाँ बसपार्कमा यात्रुको भीड (तस्बिरहरू) 

काठमाडौं- वडा दसैं नजिकिएसँगै काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा घर फर्किने यात्रुको

व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै

बागमती– मकवानपुरमा व्यावसायिक कुखुरापालनतर्फ आकर्षण बढ्दै गएको छ । कमानेबाट