कोरोना संक्रमित थप २ को मृत्यु, मृतकको संख्या ४२९ पुग्यो | Khabarhub Khabarhub

कोरोना संक्रमित थप २ को मृत्यु, मृतकको संख्या ४२९ पुग्यो


६ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना संक्रमित थप २ जनाको मृत्यु भएको छ । कोरोनाबाट ज्यान गुमाउने काठमाडौँका ५० वर्षीय पुरुष र काभ्रेपलाञ्चोककी ५० वर्षीया महिला छन् ।

योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४२९ पुगेको छ ।

आज थप १ हजार ३५६ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको छ । आज थप २ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म सक्रिय संक्रमितको संख्या १८ हजार १४२ जना छन् । संस्थागत आइसोलेसनमा रहनेको संख्या ९ हजार १९३ जना छन् ।

संक्रमित ८२३ जनाले कोरोनालाई जितेका छन् । अहिलेसम्म नेपालमा ४८ हजार ६१ जनाले कोरोना जितेका छन् ।

यसअघि हिजो १६ जनाको मृत्यु पुष्टि भएको थियो । १ हजार १५४ जना कोरोना संक्रमित थपिँदा १ हजार ५ जनाले कोरोनालाई जितेका थिए ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ४ : २८ बजे

वेस्ट इन्डिजका क्रिकेटर थोमसलाई ५ वर्षको प्रतिबन्ध

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले वेस्ट इन्डिजका डेभन थोमसलाई

सडक भत्किएपछि कान्तिलोकपथ बन्द

पाटन– कान्तिलोकपथ बन्द भएको छ । मर्मतसम्भारका क्रममा ललितपुरको काल्चेमा

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

वासिङ्टन डिसी– नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल

सहकारी प्रकरणमा मुछिएकी आफ्नै सांसदमाथि छानबिन गर्न राप्रपाको माग

काठमाडौं– राप्रपाले सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेकी आफ्नी

मार्तडी–कोल्टी सडकमा बस सञ्चालनको अस्थायी अनुमति

बाजुरा– जिल्लाको पूर्वी तथा उत्तरी भेगमा बस सेवा सञ्चालन गर्न