प्रभु बैंकले ल्यायो ‘सहयात्रा समृद्धि’ कर्जा योजना « Khabarhub

प्रभु बैंकले ल्यायो ‘सहयात्रा समृद्धि’ कर्जा योजना


६ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रभु बैंकले ‘सहयात्रा समृद्धि’को नामक कर्जा योजनाको शुभारम्भ गरेको छ ।

कोरोना प्रभावित र समस्यामा परेका साना उद्यमी तथा व्यवसायी, स्वरोजगार उद्यमी, शिक्षित बेरोजगार युवा, विदेशबाट फर्केका वेरोजगार युवा, परम्परागत पेशा र व्यवसायमा संलग्न उद्यमीलाई लक्षित गर्दैं सहयात्रा समृद्धिको नामक कर्जा योजनाको आरम्भ गरेको हो ।

नेपाल राष्ट्र बैंकको सहुलियतपुर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धि एकिकृत कार्यविधी २०७५ अन्तर्गत रहेर यो योजना ल्याइएको बैंकले जनाएको छ । कोरोनाका कारण दैनिक जीवन सञ्चालन गर्न नै समस्यामा परेका युवालाई राहात दिने उद्देश्यले यो योजना ल्याइएको बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले जानकारी दिए ।

कर्जा योजनाले विद्यमान आर्थिक कठिनाइ व्यवस्थापन गर्न र यस महामारीमा उनीहरुको शेरचनले बताए । पहिलो चरणमा उपत्यकाभित्रमा महिला सफा टेम्पो चालकलाई एक लाख रुपैयाँ र विद्यालय शिक्षकलाई चार रुपैयाँ कर्जा प्रदान गर्ने बताएको छ ।

https://www.facebook.com/khabarhubofficial/videos/1680061952153268/?t=86

महिला सफा टेम्पो चालकहरुलाई १ लाख रुपैया ५ प्रतिशत व्याजदर मात्रै राखेर कर्जा दिने वैकले जनाएको छ । टेम्पो चालकलाई दिइने कर्जामा ६ महिना ग्रेस पिरियड राखिएको छ भने २ वर्षभित्र चुक्ता गर्नुपर्ने समय निर्धाराण् गरिएको छ । कर्जा योजनाको शुरुमै बैंकले १० जना महिला टेम्पो चालकहरुलाई कर्जा दिएको छ ।

अहिले काठमाडौं उपत्याकामा मात्रै यो योजना चलाउने बताएको बैकले केही समयपछि देशैभर यो योजनाअन्तर्गत कर्जा दिने जनाएको छ । बैंकले मंगलबार १० जना महिला सफा टेप्पो महिला चालकलाई बैंकमै बोलाएर एक लाख रुपैयाँ कर्जा दिएको छ ।

दुई वर्ष अवधिको यो कर्जा ६ महिनापछि महिनावारी किस्तामा भुक्तानी गर्नुपर्ने हुन्छ । यसका लागि सक्कल नागरिकता र तमसुक गरेर प्रदान गरिनेछ । एकजनाले एक लाख रुपैयाँसम्म कर्जा लिन सक्ने बैंकले जनाएको छ ।

त्यस्तै ४ लाख रुपैयाँको कर्जा भने शिक्षकहरुलाई दिइने बैकले जनाएको छ । बैकका अनुसार यो कर्जाअन्तर्गत पनि स्नातक पास भएको प्रमाणपत्र, सम्बिन्धत विद्यालयको प्रमाण र तमसुक गरेर दिइनेछ । यो योजना समेत केही दिनमै शुरु हुने बैकले जनाएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ५ : ५७ बजे

कीर्तिमानी युक्तको अन्त्येष्टिमा पुगेन गगन-सुधन (तस्बिरहरू)

 ‘ब्रोड पिक’ मा मृत्यु भएका पर्वतारोही  को अन्त्येष्टि (तस्बिरहरू) काठमाडौं-

५८ वर्षपछि रोहिणीका स्ववासीले पाए लालपुर्जा, २७१ परिवार बने जग्गाधनी

रुपन्देही– रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका अन्तर्गत साविक बुधबार र पर्सा

प्रियंकाको ‘मास्टर्नी’ : खिच्न सुरु गर्ने निर्देशक भारतीय, इन्ड क्ल्याप गर्ने सिमोस

काठमाडौं – नायिका प्रियंका कार्कीको शीर्ष भूमिका र निर्माण रहेको

पूर्वका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध हुने

भद्रपुर– झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका सम्पूर्ण क्षेत्र तथा

सौरभको ‘साम्राज्य’मा सौगातको इन्ट्री

काठमाडौं – बिग बजेटको फिल्म भनेर निर्माण पक्षले दाबी गरेको