भारतको सहयोगमा नेपालमा भएका पुनर्निर्माणका विवरण एउटै वेबसाइटमा उपलब्ध « Khabarhub

भारतको सहयोगमा नेपालमा भएका पुनर्निर्माणका विवरण एउटै वेबसाइटमा उपलब्ध


६ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारत सरकारको सहयोगमा नेपालमा भएका पुनर्निर्माणका विवरणहरु अब एउटै वेबसाइटबाट जानकारी लिन सकिने भएको छ ।

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सीईओ सुशील ज्ञवालीले संयुक्त रुपमा आज भर्चुअल विधिबाट वेबसाइट उदघाटन गरेका हुन् ।

वि.सं. २०७२ सालको विनाशकारी भूकम्पपछि भारत सरकारले नेपालको शिक्षा क्षेत्रमा गरेको सहयोगको जानकारी http://www.goicbrinepal.com वेबसाइटमा संग्रहित गरिएको र वेबसाइट नेपाली र अंग्रेजी दुवै भाषामा तयार पारिएको छ ।

उक्त वेबसाइट भारतको केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई) रुड्कीको अवधारणामा र निर्माणमा तयार पारिएको हो ।

भारत सरकारको सहायतामा भएका भूकम्पपछिको पुनर्निर्माण प्रयासहरु अन्तर्गत शिक्षा परियोजनाहरुसँग सम्बन्धित सबै जानकारीहरु सो वेबसाइटमा राखिएको छ ।

वैज्ञानिक तथा औद्योगिक अनुसन्धान परिषद् (सीएसआइआर) अन्तर्गत रहेको केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई), रुड्की भारतकै एक प्रमुख राष्ट्रिय प्रयोगशाला हो ।

भारत सरकारको सहायतामा भएका भूकम्पपछिको पुनर्निर्माण प्रयासहरुअन्तर्गत शिक्षा परियोजनाहरुसँग सम्बन्धित सबै जानकारीहरु सो वेबसाइटमा उपलब्ध छन् ।

वैज्ञानिक तथा औद्योगिक अनुसन्धान परिषद् (सीएसआइआर) अन्तर्गत रहेको केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई), रुड्की भारतकै एक प्रमुख राष्ट्रिय प्रयोगशाला हो ।

आवास योजना, निर्माण सामाग्री, संरचना, निर्माण तथा प्रकोप न्यूनीकरण जस्ता क्षेत्रहरुमा अध्ययन अनुसन्धान गर्ने सीबीआरआई भारतकै एक प्रमुख संस्थान हो ।

स्वास्थ्य क्षेत्रमा देखाएको भूमिकाका लागि भारत सरकारको तर्फबाट भारतीय राजदूतावास र सीबीआरआई, रुड्कीको बीच हालै एउटा सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

भारतीय दूतावासले भूकम्पपछिको पुनर्निर्माण परियोजनाहरु लगायत नेपालको आर्थिक–सामाजिक विकासमा निरन्तर सहयोग गर्न भारत सरकार प्रतिवद्ध रहेको जनाएको छ ।

भारत सरकारको १ अर्ब अमेरिकी डलरको प्रतिबद्धता अनुरुप नेपालमा सञ्चालित भूकम्पपछिको पुनर्निर्माण परियोजनाहरु निरन्तर अघि बढिरहेका छन् ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ६ : ३३ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने