कतारबाट २ सय ९४ नेपाली स्वदेश फर्किए « Khabarhub

कतारबाट २ सय ९४ नेपाली स्वदेश फर्किए



दोहा – कोरोना भाइरस लगायत अन्य विभिन्न कारणले कतारबाट स्वदेश फर्किन नसकेका नेपाली नागरिकमध्ये २ सय ९४ जना नेपाली स्वदेश फर्किएका छन् ।

दोहास्थित नेपाली दूतावासको समन्वय र नेपाल सरकारको सहजीकरणमार्फत ४१औं र ४२औं उडानबाट २९४ जना नेपाली मंगलवार स्वदेश फर्किएका हुन् ।

दोहाबाट काठमाडौंका लागि नेपाल एयरलाइन्सको २३९२ उडानमार्फत १३९ जना र हिमालयन एयरलाइन्सको ९५६३२ उडानबाट १५५ स्वदेश फर्किएको कतारस्थित नेपाली दूतावासका द्वितीय सचीव प्रवीण भट्टराईले जानकारी दिए ।

स्वदेश फर्कन लागेका नेपालीहरूको यात्राको समन्वय, सहजीकरण तथा बिदाइका लागि दूतावासका कर्मचारीहरु हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

दूतावासका अनुसार सेप्टेम्बर २६, २७, २९ र ३० तारिखका लागि उडान तय भएको जनाएको छ । सेप्टेम्बर २४ र २५ तारिखमा पनि उडान गर्ने तालिका दूतावासले यसअघि नै सार्वजनिक गरेको थियो ।

कतारका लागि नेपाली राजदूत डा. नारदनाथ भारद्वाजका अनुसार अहिलेसम्म कतारबाट ७ हजार भन्दा बढी नेपाली स्वदेश फर्किसकेका छन् भने अझै १७ हजारभन्दा बढी नेपाली उद्धारको पर्खाइमा रहेका छन् ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ७ : १७ बजे

तस्बिरमा कांग्रेस केन्द्रीय कार्यसमिति बैठक (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बसेको छ ।

कफी उत्पादक किसानलाई व्यावसायिक कफीखेती प्रविधि तालिम

धुलिखेल– काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकाका कफीखेती गर्दै आएका किसानहरूलाई व्यावसायिक

कांग्रेस विशेष महाधिवेशन पक्षधरको आजका औपचारिक कार्यक्रम स्थगित

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आजका लागि तय भएका

कम्पनीको कागजात दुरूपयोग गर्ने व्यक्ति पक्राउ

काठमाडौं– प्रहरीले कम्पनीको कागजात दुरूपयोग गरी ‘ई सेवा’मार्फत करोडौँ रकम

माघ २१ देखि भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट प्रतियोगिता हुने

झापा– भद्रपुर क्रिक्रेट क्लबको आयोजनामा मेची रङ्गशालाको नवनिर्मित मैदानमा आगामी