प्रलोभनमा पर्ने ट्राफिकलाई कारवाही | Khabarhub Khabarhub

प्रलोभनमा पर्ने ट्राफिकलाई कारवाही


६ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सवारी नियम उल्लङ्न गर्ने चालक र सहचालकले आर्थिक प्रलोभनमा पार्न खोज्दा त्यसलाई इन्कार गर्ने १७ ट्राफिक प्रहरीलाई आज सम्मान गरिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखामा आयोजित कार्यक्रममा उनीहरुलाई महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरक्षिक भीमप्रसाद ढकालले दोसल्ला ओढाएर प्रशंसापत्रसहित सम्मान गरे ।

नेपाल प्रहरीले अख्तियार गरेको आर्थिक शुन्य सहनशीलतालाई अक्षरशः पालना गरी ती प्रहरीले प्रलोभनमा पार्न खोज्ने चालक र सहचालकलाई कारवाहीको दायरामा ल्याएका थिए ।

सङ्गठनको छविलाई उच्च पारी दिइएको जिम्मेवारी इमान्दारितासाथ निर्वाह गरेकाले प्रोत्साहन गरिएको उहाँले बताउनुभयो । यसअघि पनि प्रलोभनमा नपर्ने ५० ट्राफिक प्रहरीलाई महाशाखाले पुरस्कृत गरेको थियो ।

सङ्गठनको नीति विपरित कार्य गर्ने ७७ जना ट्राफिक प्रहरीलाई विभागीय कारवाही समेत गरिएको महाशाखाले जनाएको छ । अन्य ४ प्रहरीलाई नोकरीबाटै हटाईएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ८ : ५१ बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र